सामाजिक कार्यमा सक्रिय कलाकार रेशम नेपकिङ

काठमाडौं : पछिल्लो समय नेपाली कलाकारहरु सामाजिक कार्यमा अग्रसर हुन थालेका छन् । आफ्नो कलाकारितासंगै सामाजिक कार्यमा लाग्ने कलाकारहरुको संख्या बढ्दो छ। झन पछिल्लो समय नेपालमा भएको लकडाउनको समयमा त अधिकांश नेपाली कलाकारहरु सामाजिक कार्यमा होमिए।

यस्तै कलाकारिता संगै सामाजिक कार्यमा सक्रिय हुँदै आएका कलाकारहरु मध्ये एक हुन् रेशम नेपकिङ। सुर्खेत घर भएका रेशम विगत आधा दशक बढी समयदेखि कलाकारितामा अगाडी बढीरहेका छन् । हालसम्म दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका रेशम अब्बल अभिनय गर्ने मोडलको रुपमा चिनिन्छन।

रिलिज हुन बाँकि एक चलचित्रमा समेत अभिनय गरिसकेका रेशम पछिल्लो केही सातायता समाज सेवामा पनि निकै सक्रिय देखिन्छन्। नेपालमा भइरहेको दोस्रो चरणको कोरोना महामारी अनि लकडाउनको बेला भोकमरीमा परेका धेरै दुखीहरुलाई निशुल्क खाना काम गर्दै आएको रेशमले बताए।

केही टिम मिलेर सन्चालन गरेको “कर्णालीका युवा” नामक अभियान सहित आगामी करिब ३ महिना सम्म निशुल्क खाना खुवाउने अभियान रहेको पनि रेशम बताउँछन् । उनका अनुसार कर्णाली प्रदेश अस्पतालमा कोभिड संक्रमित बिरामी कुर्ने कुरुवालाई साँझका खाना लगातार ३ महिनासम्म निशुल्क खुवाउने रेशम लगात संलग्न उक्त टिमको रहेको छ।

तिनै दर्शककै कारणले आफू कलाकारितामा अगाडी बढिरहेको र उनीहरूलाई नै अफ्ठेरो पर्दा आफुले सक्ने सम्पुर्ण सहयोग गर्न तयार रहेको रेशमको भनाइ छ। जब सम्म आफ्नो स्वास्थ्यले साथ दिन्छ तबसम्म निरन्तर समाजसेवा गर्ने रेशमको योजना रहेको छ।

प्रतिक्रिया

TOP