काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा अब्बल गीत सृजना गर्न सक्ने क्षमता भएका अब्बल सर्जक हुन् सुरज गैह्रे ‘विवश’। विगत आधा दशक अघिदेखि नेपाली सांगीतिक क्षेत्रमा सर्जकको रुपमा आफुँलाई अगाडी बढाइरहेका सुरजका दर्जनौं बढी गीतहरू बजारमा छन् ।
जीवन बोल्ने गीत लेख्न सिपालु उनले केही चलचित्रका गीत समेत लेखिसकेका छन् । जुन गीतहरू अत्याधिक लोकप्रिय समेत भएका छन् । यसैबीच, उनले एउटा अर्को जीवन्त गीत सृजना गरेका छन् । जुन गीत सोमबार रिलिज भएको हो।
रिलिज भएको “ए आमा” बोलको गीतमा सुरजका जीवन्त अनि उत्कृष्ट शब्दहरु रहेका छन् । गीतमा संगीत कल्याण सिंहको रहेको छ भने सुदन गैरेले सुमधुर आवाज दिएका छन् । आमा भन्ने शब्द नै प्यारो भएकोले यो गीत सुन्दा त्यतिकै पनि प्यारो लाग्नेगर्छ। सायद आमा नभएका र भएका सबै सन्तानको मन भावुक हुन्छ यो गीत सुन्दा।
गीतको भाव अनुसार भिडियो बनाउने तयारी भएतापनि विविध कारणले गर्दा निर्माण टिमले लिरिकल भिडियो आउट गरेको हो। लिरिकल भिडियो एसजी मेलोडीको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो।