काठमाडौं : त्यसो त पछिल्लो समय नेपाली सांगीतिक बजारमा मौलिकपन बोकेका गीतहरु पहिलेको जस्तो रिलिज हुने गरेका छैनन् । ट्रेण्डिङ अनि आधुनिकतालाई कलाकारहरुले पछ्याएको भएर होला मौलिक भनेर बजारमा पठाएका गीतमा पनि मौलिकपनको आभाष हुने गर्दैन ।
तर केही हप्ता अघि रिलिज भएको एउटा गीत चाहिँ एकदम मौलिक लाग्ने गर्छ। इनेपाल खबरको अफिसियल युटुब च्यानलबाट रिलिज भएको “सिम फाँट” बोलको उक्त लोकझ्याउरे गीत सुन्दा एकदम मौलिकपनको झल्को दिनेगर्छ।
गीतमा लोकप्रिय सर्जक तथा गायक वसन्त थापा र गायिका निशा केसीको आवाज रहेको छ। कस्तुप पन्तले गीतको शब्द लेखेका हुन् भने गायिका स्वयं निशाले नै संगीत संकलन गरेको हुन् । संकलन भएको भाका भएर होला गीत एकदम मेलोडियस अनि मौलिक सुनिएको छ। वसन्त र निशाको गायिकी गीतमा मिठास लाग्छ।
गाउँघरमा गुन्जिने झ्याउरे शैलीमा गीत बनाइएको छ। गीतका प्रस्तुतकर्ता राजन क्षेत्री र निशा केशी हुन् । व्यवसायीक हिसाबले भन्दा पनि आफ्नो आत्मसन्तुष्टि एवम् मौलिकपनमा केही टेवा पुगोस् भन्ने मनसायले यो गीत बजारमा ल्याएको निर्माण टिमले जनाएको छ।
गीतलाई रिलिज भएदेखि आजमा दर्शक स्रोताबाट एकदम राम्रो प्रतिक्रिया मिलेको छ। हालसम्म करिब साढे ५ लाख बढी भ्युज, ४ सय बढी कमेन्ट अनि ६ हजार बढी लाइक्स गीतलाई युटुबमा मिलेको छ। कमेन्टकै कुरा गर्नुपर्दा प्रायः सबै कमेन्ट राम्रो र सकारात्मक छन् । गीत मौलिक अनि उत्कृष्ट लागेको प्रतिक्रिया दर्शक स्रोताले दिएका छन् । यसरी दर्शकको एकदम सकारात्मक कमेन्ट हेर्दा गीतलाई रुचाएको अनुमान लगाउन सकिन्छ।
टिकटकमा पनि यस् गीतका विभिन्न अंशमा हजारौं भिडियो बनेका छन् । यस्ता खालका मौलिक गीत प्रायः कमै मात्रामा पछिल्लो समय बजारमा रिलिज हुने गरेका छन् । गाउँघर लगायतका विभिन्न स्थानहरुमा यो गीत गुन्जिने गरेको पाइएको छ।
गीतको अडियो सुन्दा जती आनन्द आउँछ, भिडियो हेर्दा झन आकर्षक लाग्नेगर्छ। भिडियोमा लोकप्रिय मोडल अञ्जली अधिकारी, मोडल लोमश शर्मा, जेम्स विसी लगायतका कलाकारहरुको आकर्षक नृत्य अनि अभिनय भिडियोमा देख्न सकिन्छ।
भिडियोको लोकेशन पनि एकदम मौलिकपन बोकेको रहेको छ। भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् । राजेश घिमिरेले भिडियोलाई आकर्षक फ्रेममा खिचेका छन् भने दिपक विष्टले सम्पादन गर्ने काम गरेका छन् । भिडियो…