
काठमाडौं : विगत लामो समयदेखि नेपाली गीत संगीत उत्पादन गर्दै आएको म्युजिक कम्पनी हो, विन्ध्यवासिनी म्युजिक प्रालि । हालसम्म हजारौं गीत संगीत एवम् दर्जनौं चलचित्र उत्पादन गरिसकेको यस् विन्ध्यवासिनीले नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको छ।
अग्रजलाई सम्मान र नयाँ प्रतिभालाई प्रोत्साहन एवम् अवसर दिँदै आएको यस् कम्पनीले सयौं कलाकार जन्माई सकेको छ। फरक फरक विधाका गीत संगीत उत्पादन गर्ने यस् कम्पनीले हाल एउटा नयाँ गीत रिलिज गरेको छ।
बिहीबार विन्ध्यवासिनी म्युजिक प्रालिको अफिसियल युट्युब च्यानलबाट “मेरो माया चिन्यो” बोलको गीत रिलिज भएको हो। गीतमा अग्रज पुराना गायक तथा सर्जक वैकुण्ठ महतको सुमधुर आवाज रहेको छ। वैकुण्ठलाई सुमिना लोले गायनमा साथ दिएकी छिन् । गीतको शब्द अनि संगीत भने वैकुण्ठले नै तयार पारेका हुन् ।
सुन्दा मौलिक अनि पृथक लाग्ने यस् गीतका प्रस्तुतकर्ता सुवास रेग्मी हुन् । गीतको संगीत एवम् शब्द पक्ष एकदम उत्कृष्ट छ। त्यसो त वैकुण्ठ र सुमिनाको गायिकी गीतमा मिठास सुनिएको छ। गीत मेलोडियस छ। मौलिकपनको स्वाद गीतमा भेट्न सकिन्छ।
नेपालका लोकप्रिय शहरहरुको नाम गीतमा समेटिएको छ। एउटा चोखो प्रेम गर्ने प्रेम जोडीको कथालाई गीतमा उतारिएको छ। प्रेममा हुने रमाइलोपन गीतका प्रत्येक शब्दमा आभाष गर्न सकिन्छ। पुर्वदेखि पश्चिम् सम्मको लोक टोनलाई गीतमा मिसाइएको छ।
गीत सुन्दा जति आनन्द लाग्छ, भिडियो हेर्दा झन आकर्षक लाग्नेगर्छ। भिडियोमा लोकप्रिय मोडल दुर्गेश थापा र नायिका तथा मोडल अनु शाह फिचर्ड छन् । उनीहरूको आकर्षक नृत्य एवम् अभिनय भिडियोमा देख्न सकिन्छ। दुर्गेश र अनुको जोडी भिडियोमा गजब देखिएको पनि छ।
भिडियोको परिकल्पना एवम् निर्देशन काजिश श्रेष्ठले गरेका हुन् । आकर्षक अनि मनोरम लोकेशनमा उत्कृष्ट फ्रेममा राजेश घिमिरेले भिडियो खिचेका हुन् । भने, बिनोद बमले भिडियो सम्पादन गरेका हुन् । हेर्नुहोस भिडियो…