अस्मिता र प्रदीपको आवाजमा “साउनको झरी” रिलिज (भिडियो)

नेपाल आइडलबाट चर्चामा आएकी गायिका अस्मिता अधिकारी र गायक प्रदिप ग्लानको आवाजमा रहेको नयाँ गीत‘साउनको झरी’ सार्वजनिक भएको छ। जिवन लुइँटेलको शब्द र सुरज श्रेष्ठको संगीत रहेको गीतमा पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन् भने भिडियो मेलोडी नेपाल अफिसियल युट्यब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

जिवन लुइँटेल निर्देशित भिडियोमा सुरज श्रेष्ठ र उषा उप्रेती फिचरिङ छन्। निकै सुन्दर लोकेशनमा खिचिएको भिडियोमा सुरज र उषाको जोडी मिलेको देखिन्छ। भिडियोलाई दिपक गिरीले छायाकन गरेका हुन् भने। भिडियोलाई अमृत चापागाईंले सम्पालन गरेका छन्।

प्रतिक्रिया

TOP