
काठमाडौं : लोक दोहोरी गायक प्रकाश कंडेलको नयाँ गीत बजारमा रिलिज भएको च। केही दिन अघि रिलिज भएको “तिमी रिसाउँदा” बोलको गीतमा प्रकाशले नै सुमधुर आवाज दिएका छन् ।
गीतमा प्रकाश संगै लोकप्रिय गायिका सुनिता बुढाक्षेत्रीको पनि सुमधुर आवाज रहेको छ। जय देवकोटाले गीतको शब्द अनि संगीत तयार पारेका हुन् । गीतको अडियो मेलोडियस छ। प्रकाश र सुनिताको गायिकि गीतमा मिठास सुनिएको छ।
गीतको भिडियो पनि आकर्षक बनेको छ। भिडियोमा स्वयं प्रकाश नै फिचर्ड छन् । प्रकाशको साथमा लक्ष्मी थापालाई पनि भिडियोमा देख्न सकिन्छ। उनीहरूको अभिनय भिडियो ठिकै लाग्ने गर्छ।
भिडियोका निर्देशक मदन खड्का हुन् । हरिश महराले आकर्षक फ्रेममा खिचेको भिडियोलाई अभिनास डिसीले सम्पादन गरेका छन् । भिडियो प्रकाश कंडेलको युट्युब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो..