राजेन्द्र कंडेल र लक्ष्मी खड्काको आवाज रहेको “नबुझेका कुरा” बजारमा (भिडियो)

काठमाडौं : विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशिल गायक तथा सर्जक हुन् राजेन्द्र कंडेल। मौलिक गीतहरु गाउन रुचाउने राजेन्द्रले हालसम्म हजारौं गीतहरूमा आवाज दिइसकेका छन् । जसमध्ये सयौं गीतहरू लोकप्रिय छन् ।

यसैबीच, राजेन्द्रको आवाजमा रहेको एउटा नयाँ गीत रिलिज भएको। केही दिन अघि बजारमा रिलिज भएको “नबुझेका कुरा” बोलको गीतमा राजेन्द्रको सुमधुर आवाज रहेको छ। गीतमा लक्ष्मी खड्काको पनि आवाज सुन्न सकिन्छ। गीतमा नारायण शर्माको शब्द अनि खिम बहादुर रोकालो संगीत रहेको छ।

वियोगान्त प्याटर्नमा आधारित गीत मनछुने छ। गीतको अडियोले जती मन छुन्छ, भिडियोले झन भावुक गराउँछ। भिडियोमा कलाकार बिनोद भण्डारी र रुपा कंडेल फिचर्ड छन् । एउटा कारुणिक प्रेम वियोगको कथालाई भिडियोमा देखाइएको छ।

भिडियोका निर्देशक बिनोद भण्डारी हुन् । करम चैसीरले भिडियो खिचेका हुन् भने मनोज कार्कीले सम्पादन गर्ने काम गरेका छन् । भिडियो राजेन्द्र कंडेलको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो।

प्रतिक्रिया

TOP