सचिन परियार र अञ्जली अधिकारी अभिनित “छाता ओढेर” रिलिज (भिडियो)

काठमाडौं : लोकप्रिय मोडल अञ्जली अधिकारी र बाल गायक सचिन परियार अभिनित नयाँ म्युजिक भिडियो रिलिज भएको छ। बुधबार रिलिज “छाता ओढेर” बोलको गीतमा उज्ज्वल गिरी र सरस्वती पुरीको सुमधुर आवाज रहेको छ।

गीतमा महेन्द्र भण्डारीको संगीत अनि अरेन्ज रहेको छ। भने, शब्द उज्ज्वल गिरीले नै लेखेका छन् । गीत एकदमै मेलोडियस छ। गीतको भिडियो पनि आकर्षक बनेको छ।

भिडियोमा सचिन र अञ्जलीका अलवा मनिश खड्का, ओबी रायमाझी , सुप्रीता क्षेत्री लगायतका कलाकारहरु फिचर्ड छन् । भिडियोका निर्देशक प्रकाश भट्ट हुन् ।

अजय रेग्मीले आकर्षक फ्रेममा खिचेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । भिडियो लेकसाइड टिभीको युटुब च्यानलबाट रिलिज गरिएको हो।

https://youtu.be/GCvIC29Fytk

प्रतिक्रिया

TOP