काठमाडौं : नेपाली म्युजिकल फिल्डमा पछिल्लो समय नयाँ नयाँ मोडलहरु अथवा कलाकारहरु थपिने क्रम बढ्दो छ। कोही रहरै रहरैमा कलाकारितामा लागेका छन् भने कोहीले यसै क्षेत्रमा आफ्नो भविष्य बनाउँछु भनेर भित्रिएका पनि छन् ।
त्यसो त, सोचेजस्तो अनि भनेजस्तो सजिलो भने पक्कै कलाकारिता गर्न सजिलो छैन । निरन्तर त्याग, मिहेनत , सिकाई अनि अनुभवपछि मात्रै सफलता हात पार्न सकिने अग्रज कलाकारहरु बताउँछन् । यसैबीच, यसै कलाकारितामै भबिस्य बनाउँछु भनेर लागिपरेकी मोडल तथा कलाकार हुन् प्रतीक्षा खतिवडा ।
झापमा जन्मिएकी प्रतीक्षा विगत केही वर्षदेखि काठमाडौंमा बस्दै आएकी छन् । सानैदेखि कलाकारितामा रुचि भएतापनि पढाइमा अब्बल भएकाले उनले एसएलसीपछि नर्सिङ पढिन। त्यसै अनुरुप विगत केही वर्ष नर्सिङ पेसा पनि गरिन। अन्ततः उनको कलाकारिता प्रतिको मोहले होला अहिले भने मोडलिङ क्षेत्रमा प्रवेश गरेकि छन् ।
प्रतिक्षाले नयाँ म्युजिक भिडियो “घुम्तीमा रेल” बोलको भिडियोबाट मोडलिङ अथवा कलाकारिता क्षेत्रमा डेव्यु गरेकी हुन् ।जुन म्युजिक भिडियो केही हप्ता अघि रिलिज भएको थियो। त्यसो त, यो म्युजिक भिडियो भन्दा अगाडि एउटा म्युजिक भिडियोमा कोरसमा देखिएपनि सोलो कलाकारिता यात्रा यसै भिडियोबाट भएको प्रतीक्षा बताउँंछिन।
उनी अभिनित गीतमा गायक नवराज कलौनीको सुमधुर आवाज रहेको छ। नवराजसंगै लोकप्रिय गातिका अस्मिता अधिकारीको पनि सुमधुर आवाज गीतमा सुन्न सकिन्छ। गीतको शब्द अनि संगीत पनि नवराजले नै तयार पारेका हुन् । वियोगान्त प्याटर्नमा गीत आधारित छ। सुन्ने जोकोहीको मन छुन्छ गीतले।
गीतको अडियो जति मनछुने छ, भिडियो झन उत्कृष्ट बनेको छ। भिडियोमा प्रतिक्षाका अलवा लोकप्रिय कलाकार सुधीर श्रेष्ठ पनि फिचर्ड छन् । राम्रैसंग चलिरहेको प्रेम सम्बन्ध असमझदारी अनि प्रतिकुल परिस्थितिका कारण तोडिएको कथालाई भिडियोमा उत्कृष्ट तरिकाले देखाइको छ।
डेव्यु म्युजिक भिडियो भएपनि प्रतिक्षाले उत्कृष्ट एवम् जीवन्त अभिनय गरेकी छिन् । उनको अभिनय हेर्दा उनी प्रोफेसनल कलाकार झै लाग्ने गर्छ। उनको अभिनयलाई लिएर युट्युबमा एकदम राम्रा राम्रा सकारात्मक प्रतिक्रिया दर्शकले दिएका छन् । भिडियोलाई रिलिज भएको एक हप्ताको दौरानमा १ लाख २० हजार बढी भ्युज युट्युबमा मिलेको छ।
टिकटकमा पनि यस् गीतका विभिन्न अंशमा हजारौं भिडियोहरु बनेका छन् । दर्शकले मात्रै होइन, म्युजिक फिल्डका अग्रज व्यक्तिहरुले समेत प्रतिक्षाको अभिनयलाई तारिफ गरेका छन् । म्युजिक फिल्डमा प्रतीक्षाको भविष्य उज्ज्वल रहेको समेत धेरैले आँकलन गरिसकेका छन् ।
यसरी आफू अभिनित डेव्यु म्युजिक भिडियो बाटै एकदम राम्रो प्रतिक्रिया पाएपछि प्रतीक्षा यतिबेला मख्ख छिन् । दर्शकहरु लगायत शुभचिन्तकको माया अनि साथले गर्दा आगामी म्युजिक भिडियोमा झनै उत्कृष्ट गर्ने जोश पलाएको प्रतीक्षा बताउँछिन।
उक्त “घुम्तीमा रेल” भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् । प्रकाश खड्काले आकर्षक फ्रेममा खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । भिडियो गायक नवराज कलौनीको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो।