काठमाडौं : पछिल्लो समय आफ्नो ठाउँ , रितिरिवाज, संस्कार लगायत मौलिकपन बोकेका गीतहरू बजारमा त्यति रिलिज हुने गरेको पाइएको छैन । ट्रेन्डिङको पछि पर्दै प्रायः कलाकारहरुले आधुनिकतालाई पछ्याउन थालेका छन् ।
तर, गायक आरसी सापकोटा लगायतको टिमले भने आफ्नो जन्मभूमि गुल्मी प्रति समर्पित गर्दै एउटा नयाँ गीत बजारमा ल्याएको छ। शुक्रबार रिलिज “गुल्मी अर्लाङ्कोट” बोलको गीतमा लोकप्रिय गायक विष्णु खत्री र गायिका शान्ती श्री परियारको सुमधुर आवाज रहेको छ। गीतको शब्द हेमनाथ खरेलले लेखेका छन भने संगीत गणेश अधिकारीले दिएका छन् ।
गुल्मीका आकर्षक मनोरम पर्यटकीय स्थलहरु, धार्मिल स्थलहरु लगायतका अधिकांश कुराहरूलाई गीतमा उतारिएको छ। त्यसो त भिडियो झन आकर्षक बनेको छ। भिडियोमा आयुष्मा कार्की र संदेश शर्मा फिचर्ड छन् । नव विवाहित दम्पती जो, रोजगारीको सिलसिलाका कारण छुटिनु पर्छ। अनि परदेशिएपछि गाउँघरको सम्पुर्ण कुराहरू साथै आफ्नो जन्मभूमिको माया युवकलाई औधी लाग्ने गर्छ। हो, यही कथालाई भिडियोमा गजब तरिकाले देखाइएको छ् ।
त्यसो त, भिडियो हेर्दा जोकोहीलाई गुल्मी पुगेर तिनी डाँडापाखा, हिमाल, मठमन्दिर , मनोरम पर्यटकिय स्थलहरुमा घुम्न मन लाग्छ। किनकी गुल्मीको अर्लाङ्कोटलाई गजब तरिकाले भिडियोमा प्रस्तुत गरिएको छ।
भिडियोका निर्देशक सागर बाबू भट्ट हुन् । सागर लगायत टेक्निकल टिमको अथाह मिहेनत यस् भिडियोमा देख्न सकिन्छ। प्रायः माया प्रेम सम्बन्धिको कथालाई पृथक तरिकाले भिडियोमा देखाउँदै आएका निर्देशक सागर बाबुको लागि भने यो भिडियो निर्माण नौलो अनुभव हो।
सकस पुर्ण यात्रा अनि बसाइपछि निर्माण टिमले यति राम्रो आकर्षक भिडियो बनाएको बताइएको छ्। गुल्मीको अर्लाङकोटलाई गीत मार्फत भएपनि देश विदेशमा चिनाउने मनसायले गीत अनि भिडियो बनाइएको निर्माण टिमले जनाएको छ।
करण चैसीरले आकर्षक फ्रेममा भिडियो खिचेका हुन् । भिडियोलाई प्रबिन भट्टले सम्पादन गरेका छन् ।भिडियो आरसी सापकोटाको अफिसियल युटुव च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो..