
काठमाडौं : पछिल्लो समयकी लोकप्रिय गायिका एलिना चौहानको आवाज रहेको नयाँ गीत रिलिज भएको छ। शुक्रबार रिलिज “मलाई जिउन तिमी चाहिन्छ” बोलको गीतमा एलिनाको मनछुने आवाज सुन्न सकिन्छ। गीतमा एलिनाका अलवा सौगात मिश्रको पनि आवाज रहेको छ।
गीतका सर्जक हुन् सज्जन धामी। आफैमा राम्रो गायक समेत रहेका सज्जनले यस् गीतको शब्द अनि संगीत तयार पारेका हुन् । वियोगान्त जनरामा गीत आधारित छ।
गीतको अडियो मनछुने छ। त्यसो त भिडियो पनि उत्कृष्ट बनेको छ। भिडियोमा सौगात मिश्र , अनिशा सुवेदी लगायतका कलाकारहरु फिचर्ड छन् । भिडियोलाई प्रथम क्षेत्रीले निर्देशन गरेका हुन् । दिनेश पराजुलीले खिचेको भिडियोका सम्पादक सिलन लम्साल हुन् । भिडियो सज्जन धामीको युट्युब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो…