कविता न्यौपाने र सुधीर श्रेष्ठ अभिनित “पियारी” रिलिज (भिडियो)

काठमाडौं : मोडलिङ क्षेत्रमा आफुलाई स्थापित गर्नको लागि निरन्तर मिहेनत गरिरहेकी मोडल हुन् कविता न्यौपाने । हेर्दा जति सुन्दर देखिन्छिन कविता, अभिनय पनि उत्तिकै अब्बल गर्छिन् ।

त्यसो त, कविता अभिनित म्युजिक भिडियो पछिल्लो समय एकपछि अर्को गर्दै रिलिज भइरहेका छन् । यसै अनुरुप उनी अभिनित नयाँ म्युजिक भिडियो हो “पियारी” बोलको म्युजिक भिडियो।

शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज गीतमा नारायण बाबु कोइरालाको आवाज र संगीत रहेको छ।भने, जीवन शाहीले गीतको शब्द लेखेका हुन् । गीत डान्सिङ प्याटर्नमा आधारित छ।

भिडियो पनि गजब बनेको छ। भिडियोमा कविता र पछिल्लो समयका लोकप्रिय कलाकार सुधीर श्रेष्ठ फिचर्ड छन् । सुधीरले कवितालाई फ्लर्ट गरेको भिडियोमा देख्न सकिन्छ।

भिडियोको परिकल्पना तथा निर्देशन जीवन शाहीले गरेका हुन् । ज्ञानेन्द्र शर्माले आकर्षक फ्रेममा खिचेको भिडियोलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । हेर्नुस् भिडियो…

प्रतिक्रिया

TOP