काठमाडौं : त्यसो त नेपाली सांगीतिक क्षेत्रमा अब्बल गीत तथा संगीत सृजना गर्ने सर्जकहरु कमै छन् । तिनै थोरै सर्जकहरुमा पर्छन् गीतकार शरद पाण्डे। संख्यात्मक भन्दा पनि गुणात्मक गीत सृजना गर्न रुचाउँछन् शरद।
प्रायः मौलिकपन बोकेका गीत सृजना गर्ने शरदमा सयौं गीतहरू बजारमा छन् । जसमध्ये, दर्जनौं बढी दर्शक स्रोतामाझ लोकप्रिय पनि छन् । यसैबीच, शरदको एउटा नयाँ सृजना बजारमा रिलिज भएको छ। बुधबार रिलिज “याद” बोलको गीतमा लोकप्रिय गायिका बिष्णु माझी र गायक इश्वर भण्डारीको सुमधुर आवाज रहेको छ।
एउटा प्रेमिल प्रेम जोडीको प्रेम वियोगको पिडालाई शरदले गीतमा कोरेका छन् । गीतमा इश्वर भण्डारीकै संगीत रहेको छ। बिछोडिएको मायाकै यादले गर्दा जीवन काट्न गाह्राे भएको कुरा शरदले गीतमा समाबेश गरेका छन् । सुन्ने जोकोहीको मन गीतले छुन्छ । पछिल्लो समय बिष्णु माझिका गीतहरू बजारमा नआइरहेको समयमा बिष्णु माझिका फ्यान लगायत लोकगीत प्रेमी स्रोता दर्शकको मन यो गीतले तान्न सक्छ।
गीतको अडियो जति मर्मस्पर्शी छ, भिडियो झन मनछुने बनेको छ। गीतको भाव अनुसार भिडियो बनाइएको छ। भिडियोमा कलाकार आशा खड्का र ओबी रायमाझी फिचर्ड छन् ।
प्रेम असफल भएपछिको पीडा अनि त्यही प्रेमको यादले सताएको कथालाई भिडियोमा उत्कृष्ट शैलीमा देखाइएको छ। जुन कथामा आशा र ओबीले जीवन्त अभिनय गरेका छन् । आशा र ओबीका अलवा कलाकार शेरबहादुर डिसी, डाक्टर भोला रिजाल लगायतका कलाकारहरुलाई पनि भिडियोमा देख्न सकिन्छ।
भिडियोको परिकल्पना तथा निर्देशन स्मृति तिमिल्सिना ‘गुरुआमा’ले गरेकी हुन् । आकर्षक फ्रेममा सुरेश श्रेष्ठले खिचेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् । भिडियो ताजा इन्टरटेन्मेन्टको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो….