काठमाडौँ : अभिनेत्री केकी अधिकारीलाई पनि कोरोना पुष्टि भएको छ। घिन्ताङ’ नामक एक फिल्मको छायांकनमा निस्किनका लागि केकिले पिसिआर गरेकी थिईन्। केकिलाई पोजिटिभ भएपछी घिन्ताङ्गको छायांकन नै पोस्टपोण्ड भएको छ।
यतिबेला केकी होम क्वारेण्टाइनमा बसिरहेकी छिन्। प्राप्त जानकारीका अनुसार केकिलाई कुनै सिम्टोम्स देखाएको छैन।
भारतमा कोरोना बढे सँगै नेपालमा पनि कोरोना बढिरहेको छ। यसबाट नेपाली चलचित्रकर्मी पनि अछुतो रहन सकेका छैनन्। फ्लोरमा जान लागेका चलचित्रहरु पनि निकै प्रभावित हुने देखिएको छ। कोरोनाकै कारण फिल्महरु रिलिज त हुनै सकेका छैनन्। रिलिज भएका ४ ओटा फिल्मले पानि पनि माग्न पाएन। अब फिल्म इण्डस्ट्रिको हालत कस्तो हुने हो टुंगो छैन।