दिनेश वली निर्देशित “पलाँसको फुल सरी” रिलिज

नेपालगन्ज : मोफसलमै बसेर म्युजिक भिडियो निर्देशन गर्दै आएका निर्देशक हुन् दिनेश वली। सुर्खेतमा जन्मिएका दिनेशले हाल नेपालगन्जलाई कर्मथलो बनाउँदै आइरहेका छन् ।

पश्चिमका विभिन्न स्थानहरुमा पनि राम्रो म्युजिक भिडियो निर्माण गर्न सकिन्छ है भन्ने मनसायले विगत आधा दशकदेखि लागि परेका दिनेशले दर्जन बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।

दिनेशले निर्देशन मात्रै गर्दैनन् । उनले म्युजिक भिडियो छायांकनसंगै सम्पादन समेत गर्छन् । यसैबीच, दिनेशकै निर्देशन, छायांकन अनि सम्पादनमा एउटा नयाँ म्युजिक भिडियो रिलिज भएको छ।

केही दिन अघि रिलिज “पलाँसको फुल सरी” गीतमा लोकप्रिय गायक सिडी विजय अधिकारीको संगीत अनि स्वर रहेको छ। कोपिला घिमिरेले गीतको शब्द लेखेकी हुन् । गीतले सुन्ने जोकोहीको मन छुन्छ।

भिडियोमा उर्मीला र अभय फिचर्ड छन् । प्रेम विछोडको कथालाई भिडियोमा देखाइएको छ। भिडियो सिडी विजय अधिकारीको युटुब च्यानलबाट रिलिज भएको हो।

प्रतिक्रिया

TOP