
काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय मौलिकपन बोकेका गीतहरू प्रायः रिलिज हुनेगरेका छैनन्। अधिकांश कलाकारहरुले आधुनिकता पछ्याउँदै आएकोले होला मौलिकपन बोकेका गीतहरू रिलिजमा कमि भएको हो कि भन्ने आभाष यदाकदा हुनेगरेको छ।

यसैबीच, मौलिक गीतहरु बजारमा त्यति रिलिज नभईरहेको यो समयमा भने एउटा बिलकुलै मौलिकपन बोकेको नयाँ गीत रिलिज भएको छ। शुक्रबार रिलिज “मेरो सोलटी” बोलको गीतमा लोकप्रिय गायक तथा गायिकाहरुको सुमधुर आवाज रहेको छ। गायक राजु ढकाल, ईश्वर सिंह, गायिका जुना श्रीषमगर र देवि घर्तीको मौलिक आवाज गीतमा सुन्न सकिन्छ।
घाउँघरको झल्को दिने उक्त गीत लोकप्रिय सर्जक रमेश परियारले लेखेका हुन् ।भने, संगीत स्वर्गीय बिनु बाबू भित्रीकोटीको रहेको छ। त्यसो त, गायिका जुना श्रीष मगर लगायतको केही टिम छ। जुन टिमले सधै मौलिकपन बोकेका गीतहरु मात्रै गाउने गर्छन् । यो गीत पनि सुन्दा एकदमै आनन्द आउने खालको छ।
गीतको अडियो जति मौलिक अनि मेलोडियस छ, भिडियो झन मौलिकपनले भरिएको छ। भिडियोमा गायक राजु ढकाल, इश्वर सिंह, सर्जक रमेश परियार, गायिका देवी घर्ती, जुना श्रीष मगर र निता पुन मगर लगायतका कलाकारहरूलाई भिडियोमा देख्न सकिन्छ।
मिनुज रानामगर र भुमा श्रीषमगरको भिडियोमा मुख्य भुमिका रहेको छ। यो भिडियो हेर्ना मनोरम गाउँमा रमाइरहेको आभाष जोकोहीलाई हुनेगर्छ। एउटा विशुद्ध गाउँलेपनको झल्को यो गीत अनि भिडियोले मेटाउछ।
भिडियोको परिकल्पना तथा निर्देशन प्रकाश भट्टले गरेका हुन् । त्यस्तै, अजय रेग्मीले आकर्षक फ्रेममा खिचेको भिडियोलाई सम्पादन गर्ने काम विष्णु शर्माले गरेका छन् । भिडियो गायिका जुना श्रीष मगरको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो….