
काठमाडौं : नेपाली सांगीतिक क्षेत्रका अब्बल गायक प्रेम सापकोटा सोनुको नयाँ गीत बजारमा रिलिज भएको छ। केही दिन अघि रिलिज “मुटु बैना” बोलको गीतमा स्वयं प्रेमले नै सुमधुर आवाज दिएका छन् ।
प्रेमसंगै गीतमा लोकप्रिय गायिका रचना रिमालको पनि सुमधुर आवाज रहेको छ। आयान न्यौपानेले गीतको शब्द संगीत तयार पारेका हुन् । गीतको प्रेमिल सुनिएको छ।
गीतको अडियो जति सशक्त छ, भिडियो झन आकर्षक बनेको छ। भिडियोमा लोकप्रिय मोडल अञ्जली अधिकारी र गायक तथा मोडल अर्जुन सापकोटा फिचर्ड छन् ।
भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकी हुन् । सुरेश श्रेष्ठले आकर्षक फ्रेममा खिचेको भिडियोका सम्पादक प्रकाश धमला हुन् । भिडियो प्रेम सापकोटा सोनुको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो…