गोपाल जिएमको सृजना “तापक्रम” रिलिज (भिडियो)

काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन आफल गायक तथा सर्जक हुन् गोपाल जिएम। आफ्ना हरेक सृजनामा फरकपन दिन रुचाउँने गोपालका सयौं गीतहरू बजारमा रिलिज भइसकेका छन् ।

ती मध्ये दर्जनौं बढी गीतहरू त दर्शक स्रोतामाझ लोकप्रिय पनि छन् । गीत गाउन मात्रै नभएर गीत सृजना गर्न समेत अब्बल रहेका गोपालका पछिल्लो केही समययता त्यति गीतहरू बजारमा आएका छैनन् । त्यसो त, गीत ल्याउन गोपालले नचाहेका भने पक्कै होइन।

बुझिएअनुसार केही फरक गरौं , जुन गीत जीवन्त बनोस् भन्ने सोचाइले गृहकार्य अनि मिहेनतमा निरन्तर लागि परेको गोपाल बताउँछन् । यसैबीच, संख्यात्मक भन्दा पनि गुणात्मक काम गर्न रुचाउने उनको एउटा नयाँ सृजना भने बजारमा रिलिज भएको छ।

केही दिन अघि रिलिज भएको “तापक्रम” बोलको गीतमा गोपालकै शब्द, संगीत एवम् आवाज रहेको छ। गोपाललाई गायनमा कमला गुरुङले साथ दिएकी छिन् । गीत सुन्दा युवा लक्षित सृजना गोपालले गरेका हुन् कि भन्ने आभाष हुनेगर्छ । बजारमा आइरहेका गीतहरू मध्ये यो गीत केही फरक लाग्ने गर्छ।

गीतको अडियो अनुसार भिडियो पनि आकर्षक नै बनेको छ। भिडियोमा कलाकार नरेश एमसी र स्नेहा पाण्डेको नृत्य देख्न सकिन्छ। भिडियोका निर्देशक पनि स्वयं नरेश नै हुन् ।

नरेश एमसीकै अफिसियल युटुब च्यानलबाय रिलिज भएको भिडियोलाई दिपक गिरीले आकर्षक फ्रेममा खिचेका छन् । नवीन घर्तीमगरले भिडियो सम्पादन गरेका हुन् । हेर्नुस् भिडियो…

प्रतिक्रिया

TOP