
काठमाडौं : पछिल्लो समय लोकप्रिय अनि व्यस्त गायिकाको रुपमा चिनिने गायिका हुन् एलिना चौहान। पृथक अनि सुमधुर आवाजका कारण दर्शक स्रोताको मनमा बस्न सफल एलिनाका दिनहुँजसो गीतहरू रिलिज भइरहेका हुन्छन् ।
यसैबीच, एलिनाको आवाजमा रहेको प्रेमिल गीत रिलिज भएको छ। बिहीबार रिलिज भएको “ऐना हेरि हेरि” बोलको गीत एकदमै मर्मस्पर्शी छ। गीतमा एलिनाको सुमधुर आवाज सुन्न सकिन्छ। एलिनाका अलवा भिम बिसीको पनि सुमधुर आवाज गीतमा रहेको छ।
पछिल्लो समय बजारमा आइरहेका गीतहरू भन्दा पृथक लाग्ने उक्त गीतका संगीतकार भिम बिसी नै हुन् । शिवराज योगीले गीतको शब्द लेखेका हुन् । सुन्दा आनन्द आउने गीत बनेको छ।
गीत जति अब्बल छ, भिडियो त्यतिनै आकर्षक बनेको छ। सामान्य लिपसिङ वाला भिडियो बनाइएपनि अलि फरक खालको भिडियो बनेको छ। भिडियोमा एलिना र भिम फिचर्ड छन् ।
अझै कथा बस्तुलाई प्रस्तुत गरेर भिडियो बनाइएको भए एकदमै उत्कृष्ट बन्नेथियो भन्ने आभाष भिडियो हेर्दा हुनेगर्छ । तर पनि हेर्न लायक भिडियो निर्माण टिमले बनाएको छ। भिडियोलाई प्रबिन भट्टले निर्देशन एवम् सम्पादन गरेका हुन् । एसोसियट डिरेक्टरको रुपमा सागर बाबू भट्ट रहेका छन् । भिडियोलाई अजय रेग्मीले खिचेका हुन् ।
भिम बिसीको अफिसियल युटुब च्यानलबाट गीत रिलिज गरिएको हो। हेर्नुस् भिडियो….