नेपालगन्ज : त्यसो त पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा नयाँ नयाँ प्रतिभाहरु भित्रीने क्रम बढ्दो छ। कतिपय रहरै रहरमा सांगीतिक क्षेत्रमा प्रवेश गर्छन् त कतिपय यसै क्षेत्रमा आफ्नो करिअर बनाउँछु भनेर ।
जे होस् जे जसरी भएपनि कला र क्षमता भएकाहरूले राम्रै पनि गरिरहेका छन् यस् क्षेत्रमा। यसैबीच, गायक बन्ने इच्छाले सांगीतिक क्षेत्रमा प्रवेश गरेका नयाँ प्रतिभा हुन् धनगढीका केशव कठायत। गाउन एकदम रुचि राख्ने केशव डेव्यु गीत “तै मोरीलाई माया” बोलको गीत मार्फत नेपाली सांगीतिक क्षेत्रमा डेव्यु गरेका हुन् ।
केही महिना अघि रिलिज भएको “तै मोरीलाई माया” बोलको गीतमा केशवको सुमधुर आवाज रहेको छ। केशवलाई अर्कि लोकप्रिय गायिका सृजना खत्रीले गायनमा साथ दिएकी छिन् । उक्त गीत अग्यात अल्बिन थापाले लेखेका हुन् भने दिपक आरजेले संगीत दिएका हुन् ।
सृजना खत्रीकै युटुब च्यानलबाट रिलिज भएको उक्त गीतलाई दर्शक स्रोताले औषत रुचाएका छन् । युटुबमा पनि राम्रै प्रतिक्रिया मिलेको छ। भिडियोमा कलाकार मुकुन भुसाल र गीता शोब फिचर्ड छन् ।
व्यक्तिगत रुपमा पनि पहिलो गीतलाई लिएर राम्रै प्रतिक्रिया आएको केशव बताउँछन् । पेसाले मेडिकल एमआर रहेका उनले गायन आफ्नो प्यासन भएको बताए। धेरै भ्युज नगएपनि पहिलो गीतबाट आफु सन्तुष्ट भएको र अब छिट्टै अर्को नयाँ गीतको तयारीमा जुटेको केशबले फिल्मीपत्रसंग बताए।
उनी भन्छन् , “नेपाली गीत संगीतलाई मनैदेखि माया गर्छु । त्यसैले सकेसम्म आफ्नो आवाजलाई सुहाउने राम्रा गीतहरू गाउने सोच बनाएको छु।” हेर्नुहोस उनको पहिलो गीत….