
काठमाडौं : आरआर फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र “कृष्ण लीला”को दोस्रो गीत रिलिज भएको छ। शुक्रबार साइराम पिक्चर्सको युटुब च्यानलबाट रिलिज भएको ‘डियर बन्न मन छ’ बोलको गीतमा लोकप्रिय गायक निशान भट्टराई र समिक्षा अधिकारीको सुमधुर आवाज रहेको छ।
गीतमा लोकप्रिय संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । नारायण प्रसाद बास्कोटाको गीतमा शब्द रहेको छ। गीतको अडियो एकदम मेलोडियस अनि दमदार रहेको छ।
उसो त, भिडियो पनि एकदम आकर्षक बनेको छ। भिडियोमा नायक पुष्प खड्का र नायिका श्रदा छेत्रीको आकर्षक नृत्य देख्न सकिन्छ। पुष्प र श्रद्धाका अलवा रबिन्द्र झा र बुद्दी तामाङ पनि भिडियोमा फिचर्ड छन् । यस अघिको गीतमा प्रेमिल अनि रोमान्टिक अवतारमा देखिएका पुष्प र श्रद्धा यो गीतमा भने अलि दमदार नृत्य सहित प्रस्तुत भएका छन् ।
भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । आकर्षक फ्रेममा शिव ढकाल र बाबू श्रेष्ठको टिमले भिडियो खिचेको छ। भिडियोका सम्पादक अर्जुन जिसी हुन् ।
पुर्व नेपाल इलाम, झापा पाँचथर लगायतका विभिन्न स्थानहरूमा छायांकन गरिएको चलचित्रलाई दिपक ओलीले निर्देशन गरेका हुन् । चलचित्रमा पुष्प र श्रद्धालाई प्रमुख भुमिकामा देख्न पाइनेछ । रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘कृष्ण लीला’को निर्मातामा प्रकाश कार्की र केवल तामाङ छन् ।
लक्ष्मण सुवेदीले चलचित्रको कथा लेखेका हुन् । चलचित्रमा श्रद्धा र पुष्पका अलवा रबिन्द्र झा, बुद्धि तामाङ , भावना गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको बताइएको छ। चलचित्र आगामी चैत्र २७ मा देशभर प्रदर्शन हुने निर्माण टिमले जनाएको छ।