काठमाडौं : पछिल्लो समय आफ्नो अब्बल अभिनयका साथ दर्शकको मनमा बस्न सफल कलाकार हुन् जिवी चिरन। संख्यात्मक भन्दा पनि गुणात्मक म्युजिक भिडियोमा अभिनय गर्न रुचाउने उनका दर्जनौं म्युजिक भिडियोहरु बजारमा छन् ।
उसो त, जिवी चिरन अरु कलाकार भन्दा केही फरक गर्न रुचाउँछन् । उनले बेला बेलामा गीतहरू पनि लेख्ने गर्छन् । यसैबीच, उनकै शब्द अनि संगीतमा केही दिन अघि एउटा र्याप गीत रिलिज भएको थियो । “घमण्डी ब्रो” बोलको उक्त गीतमा दुर्गेश थापा र सुनामीको आवाज रहेको छ।
बजारमा आइरहेका र्याप प्याटर्नका गीतहरू भन्दा केही फरक रहेको उक्त गीतमा जिवीलाई शब्दमा दुर्गेश थापा र संगीतमा सुनामीले साथ दिएका छन् । जुन गीतलाई रिलिज भएको छोटो समयमै अत्याधिक रुचाइएको छ।
सामाजिक संजाल फेसवुक, टिकटक हुँदै युटुवमा पनि छोटो समयमै हिट बन्न सफल भएको छ। करिब १ हप्ताको अवधीमा साढे ७ लाख बढी भ्युज, ३६ हजार बढी लाइक र २ हजार बढी सकारात्मक कमेन्ट युटुबमा मिलेको छ।
त्यस्तै टिकटकमा पनि उक्त गीतमा लाखौं बढी भिडियो बनेका छन् । यसरी चौतर्फी गीतले चर्चा पाइरहँदा जिवी अभिनयमा मात्रै होइन गीत सृजना गर्नमा पनि अब्बल रहेछन् भन्ने प्रमाणित हुन्छ।
गीतको अडियोसंगै भिडियो पनि दमदार बनेको छ। भिडियोमा दुर्गेश, जिवी, सुनामी र अस्मिता जुरेली लगायतका कलाकारहरुलाई भिडियोमा देख्न सकिन्छ। भिडियोलाई सृजन बरालले निर्देशन गरेका हुन् ।
अजय रेग्मीले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । भिडियो दुर्गेश थापाको युटुव च्यानलबाट रिलिज गरिएको थियो। हेर्नुस् भिडियो..