प्रशान्त मिष्टको आवाजमा आदित्य र रोनिशा अभिनित “जीवनको मोडमा” रिलिज

काठमाडौं : प्रेम दिवसलाई लक्षित गर्दै पछिल्लो केही दिनयता धेरै गीतहरू रिलिज भइरहेका छन् । यसैबीच, पप गायक प्रशान्त मिष्टको आवाजमा पनि प्रेम दिवस लक्षित एउटा नयाँ गीत रिलिज भएको छ।

शनिबार रिलिज “जीवनको मोडमा” बोलको पप गीतमा प्रशान्त मिष्टको आवाज रहेको छ। गीतमा शब्द संगीत अनि अरेन्ज प्रशान्त स्वयंले नै गरेका छन् । टिना शेर्पा र दिपेश सिंहको पनि गीतमा सहगायन रहेको छ।

गीत एकदम प्रेमिल छ। प्रेमिल शब्दहरु संगै मेलोडियस संगीतले झन गीतको अडियोलाई मिठास दिएको छ। मायामा धेरै सकारात्मक कुराहरू पनि विकाश हुन्छ भन्ने कुरा गीतमा प्रस्तुत गरिएको छ।

गीतको अडियो संगै भिडियो पनि आकर्षक बनेको छ। भिडियोमा नव मोडल आदित्य सिंह ठकुरी र रोनिशा सिंह श्रेष्ठ फिचर्ड छन् । आदित्य नेपालगन्ज निवासी हुन् । उनको यो डेव्यु म्युजिक भिडियो हो।

पहिलो म्युजिक भिडियो भएतापनि आदित्यले उत्कृष्ट अभिनय गरेका छन् । भिडियोमा आदित्य र रोनिशाको केमिस्ट्री गजब देखिएको छ। एउटा प्रेमिल जोडीको प्रेमकथालाई भिडियोमा देखाइएको छ।

भिडियोलाई प्रशान्त मिष्टले नै निर्देशन गरेका हुन् । वसन्त महर्जनले भिडियो आकर्षक फ्रेममा खिचेका छन् भने भिडियो सम्पादन प्रशान्तकै रहेको छ। भिडियो सङ्स नेपालको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो..

प्रतिक्रिया

TOP