सागर बाबू भट्ट/काठमाडौं : के हो प्रेम ? ठ्याक्कै परिभाषा के हो प्रेमको ? सायद यो प्रश्नको जवाफ यही हो भनेर कसैले पनि परिभाषित गर्न सक्दैन । किनकि हर व्यक्ति अनि अनुभव पिच्छे फरक फरक परिभाषा हुन्छ प्रेमको।
तर वास्तविक रुपमा भन्ने हो भने प्रेम एक भावनात्मक शब्द हो। प्रेमलाई कसैले पनि परिभाषित गर्न सक्दैन । अथवा शब्दमा परिभाषित गर्न खोज्नु त्यति उचित पनि हुँदैन। जसरी हामीले हावामा उडिरहेको फुलहरुको सुगन्ध देख्न सक्दैनौं तर अनुभव गर्न सक्छौं । त्यस्तै प्रेम पनि एक भावना हो । प्रेम विभिन्न मानिस, फरक उमेर र विभिन्न सम्बन्धको लागि फरक हुन सक्छ ।
उसो त प्रेमले जात, वर्ण , लिंग , पेसा लगायतका कुरा हेर्दैन। भन्ने हो भने यि कुराहरुले प्रेमलाई छेकबार लगाउन सक्दैनन् । तर पनि समाजमा यदाकदा अझैपनि यस्ता कुराहरूले चोखो प्रेम सम्बन्धमा एकदमै बाधा पुर्याएको र असफल भएको खबर बेलाबखत आउने पनि गरेका छन् ।
ठिक यस्तै कुराहरूले बाधा गर्दा गर्दैपनि प्रेम सफल भएको अनुभुती दिलाउने एउटा म्युजिक भिडियो यतिबेला बजारमा रिलिज भएको छ। केही दिन अघि रिलिज भएको “संगसंगै कान्छी” बोलको म्युजिक भिडियोमा शरणार्थी युवक र आदिवासी युवतीको प्रेम सम्वन्धलाई कलात्मक शैलीमा देखाइएको छ। गीतमा नन्दु गुरुङको सुमधुर आवाज छ। अनिल गुरुङले गीतको शब्द लेखेका हुन् भने देव गुरुङ गीतका संगीतकार हुन् ।
त्यसो त, यो म्युजिक भिडियो हेर्दा एउटा पूरा कथायुक्त चलचित्र हेरेजस्तो अनुभुती हुनेगर्छ । भुटानी शरणार्थी युवक नेपालमा बसेर शिक्षण पेसा गर्दागर्दै सोही शिक्षण संस्थाकि शिक्षिकासंग प्रेममा परेको कुरालाई भिडियोमा कलात्मक शैलीमा देखाइएको छ।
भुटानी शरणार्थी युवकको भुमिकामा लोकप्रिय कलाकार दयाह्याङ राईलाई देख्न सकिन्छ। भिडियोमा अर्की कलाकार नग्मा श्रेष्ठ शिक्षिकाको भुमिकामा छिन् । दया र नग्माको केमिस्ट्री भिडियोमा गजब देखिएको छ। दया र नग्माको जीवन्त अभिनयले भिडियोको कथावस्तुलाई झन पुर्णता दिएको आभाष हुनेगर्छ ।
भुटानी शरणार्थी भएकै कारण भिडियोमा केटी पक्षको परिवारले घृणा गर्ने, समाजमा पनि विभेद गरेको कुरा दयालाई थाहा हुँदाहुँदै पनि प्रेम गर्न नछोड्नु, उता युवती (नग्मा)ले पनि आफ्नो परिवारको आँखा छलेर भएपनि दयालाई प्रेम गर्नु जस्ता कुराले प्रेम र सम्बन्ध कहिल्यै पनि शरणार्थी नहुने कुरा प्रमाणित गर्छ।
अझ भनौं एउटा युवायुवतीको प्रेम सम्बन्ध कस्तो हुनुपर्छ ? प्रेमिल सम्बन्ध भनेको कस्तो हो ? भन्ने प्रश्नको जवाफ भिडियोले दिएको अनुभुति हुनेगर्छ। सुरुदेखि अन्तिम सम्म हेर्ने दर्शकलाई भिडियोको कथाले बाँधेर राख्छ। गीतको अडियोदेखि भिडियो सम्म निर्माण टिमले एकदम मिहेनत गरेको पाइन्छ।
यस्ता म्युजिक भिडियोहरु कमै मात्रामा निर्माण हुने गर्छन। दया र नग्माका अलवा सम्रान्त थापा, पुर्णमाया राई, भवानी दुलाल, सरोज तिमिल्सिना लगायतका कलाकारहरुको पनि भिडियोमा अभिनय रहेको छ।
भिडियोको कथा, परिकल्पना अनि निर्देशन जीवन बरालले गरेका हुन् । जमर्को इन्टरटेन्मेन्टको अफिसियल युटुब च्यानलबाट रिलिज भएको भिडियोलाई भुपेन्द्र तुम्बाहाङ्ग्फेले खिचेका हुन् । भिडियोको सम्पादन अनिल रानाले गरेका हुन् । भिडियो…