
काठमाडौं : नेपाली सांगीतिक बजारमा पछिल्लो समय दैनिकजसो दर्जनौं बढी म्युजिक भिडियो रिलिज भइरहेका हुन्छन् । रिलिज भएका राम्रा म्युजिक भिडियोलाई दर्शकले साथ पनि दिएका छन् । कतिपय म्युजिक भिडियोमा समाबेश कथा वस्तुले त हेर्ने दर्शकको मन छुने गर्छ।

यसैबीच, एउटा कारुणिक प्रेमकथामा आधारित नयाँ म्युजिक भिडियो रिलिज भएको छ। केही दिन अघि रिलिज “नआउनु है भेट्न” बोलको गीतमा लोकप्रिय गायक निशान भट्टराईको सुमधुर आवाज रहेको छ। गीतमा टिआर गौडेलको शब्द अनि बाबुल गिरीको संगीत रहेको छ।
गीतको अडियोले एकदमै मन छुन्छ। गीतमा टिआरले कारुणिक शब्दहरु कोरेका छन् । उसो त बाबुलको संगीत पनि पृथक छ। निशानको गायिकी गीतमा उत्कृष्ट छ।
गीतको अडियोले जति मन छुन्छ, भिडियोले झन भावुक बनाउँछ। भिडियोमा कलाकार प्रथम क्षेत्री र रियाशा दाहाल फिचर्ड छन् । प्रेममा असफल भएपछि कुलतमा फसेको युवकको पीडा अनि कथालाई भिडियोमा देखाइएको छ।
रियाशा र प्रथमको अभिनय भिडियोमा जीवन्त लाग्छ। भिडियोको परिकल्पना तथा निर्देशन यसै गीतका गीतकार टिआर गौडेलले नै गरेका छन् । भिडियोमा टिआरको निर्देशकिय पाटो एकदम तारिफयोग्य छ।
अजय रेग्मीले आकर्षक फ्रेममा खिचेको भिडियोलाई सिलन लम्सालले सम्पादन एवम् कलर गरेका हुन् । भिडियो टिआर गौडेलको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो..