
काठमाडौं : पछिल्लो समय सामाजिक संजाल टिकटक लगायत फेसबुक एवम् युटुबमामा बाबू-छोरीको एक जोडी एकदमै लोकप्रिय छ। झट्ट हेर्दा बाबू छोरी जस्ता नदेखिई दाजु बहिनी जस्तो देखिने काठमाडौंका ओम थापा र आभा थापाको उमेर २० वर्षको फरक छ।
यो लोकप्रिय बाउछोरीको जोडी पछिल्लो समय धेरै अन्तर्वार्तामा देखिँदै आएका छन् । बाबू छोरी मिलेर अभिनय एवम् डान्स गरेको भिडियो टिकटकमा एकाएक भाइरल भएपछि उनीहरू चर्चामा आएका हुन् । उसो त आभाले पछिल्लो समय एउटा म्युजिक भिडियो समेत खेलिसकेकी छिन् ।
एकदमै प्रतिभाको खानी उनीहरू एकदम राम्रो डान्स अनि अभिनय गर्नेगर्छन। अन्तर्वार्ता दिँदै व्यस्त देखिने उनीहरूले सोमबार लोकप्रिय युटुब च्यानल लेकसाइड टिभीमा पनि अन्तर्वार्ता दिएका छन् । सुरुवाती टिकटक देखी आजसम्मको यात्रा अनि सुख दुख लगायत संघर्षका कुराकानी उक्त अन्तर्वार्तामा समेटिएको छ। हेर्नुस् भिडियो..