काठमाडौं : दर्शक स्रोताले पछिल्लो समय अत्याधिक रुचाएको गीत “हेर यो मुटुमा चिरा पर्या छ” का गायक र मोडलले अवार्ड प्राप्त गर्न सफल भएका छन् ।
हाल युटुबमा ६० लाख बढी भ्युज गएको उक्त गीतका गायक बादल थापा र मोडल चिरञ्जीवी सापकोटा (जिबी चिरन)लाई राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड २०७७ बाट अवार्ड प्राप्त भएको हो।
शनिबार सम्पन्न ५१ विधा रहेको उक्त अवार्ड अन्तर्गत चिरा पर्या छ गीतबाट नव मोडलको अवार्ड चिरञ्जीवीले र इन्करेज अवार्ड बादलले हात पार्न सफल भएका हुन् । यसरी अवार्ड पाएको क्षण पहिलो रहेको चिरञ्जीवी बताउँछन् ।
उनले फिल्मीपत्रको कुराकानीमा खुसी हुँदै भने, ” लामो समय कलाकारितामा गरेको मिहेनत अनि संघर्षका कारण जीवनमै पहिलो अवार्ड प्राप्त गर्न सफल भएको छु। दर्शक स्रोताको ठूलो देन छ यसरी अवार्ड पाउनुमा। सम्पुर्ण दर्शकप्रती आभारी छु। आगामी दिनमा अझैं कलकारितामा केही गर्ने हौसला अनि जिम्मेवारी यो अवार्डले दिएको छ।”
त्यस्तै, एउटै गीतबाट गायक र मोडलले अवार्ड पाउँदा चिरा पर्याछ गीतको निर्माण टिम पनि खुसी छ। जुन मेल भर्सनको अत्याधिक सफलतपछि निर्माण टिमले फिमेल भर्सन पनि बजारमा ल्याएको थियो। उक्त गीतलाई पनि दर्शक स्रोताले एकदमै रुचाएका छन। मेल भर्सनमा बादल थापाको आवाज रहेको थियो भने फिमेल भर्सनमा अस्मिता अधिकारीको। गीतमा शब्द र संगीत बादलकै रहेको थियो।


प्रतिक्रिया