काठमाडौं : नेपाली लोकदोहोरी पारखीको लागि शिरीष देवकोटा कुनै नौलो नाम होइन। सांगीतिक क्षेत्रमा एउटा छुट्टै पृथक पहिचान बनाएका शिरीष मौलिक गीत सृजना गर्न र गाउन खप्पिस छन् ।
उनका दर्जनौं बढी रोइला गीतहरू दर्शक स्रोता माझ लोकप्रिय छन् । पछिल्लो समय उनका गीतहरू कमै मात्रामा बजारमा आउने गरेका छन। गीत संगीतमा अलि केही समय ग्याप गरेका शिरीष पुनः एउटा नयाँ गीत मार्फत कमब्याक भएका छ्न। बुधबार रिलिज “बोली देउ आधार” बोलको रोइला गीतबाट शिरीष पुनः दर्शक स्रोतामाझ प्रस्तुत भएका हुन् ।
गीतमा लोकप्रिय गायिका सम्झना भण्डारी र शिरीष स्वयंकै सुमधुर आवाज सुन्न सकिन्छ। गीत एकदमै मेलोडियस छ।गीतले मौलिक संगीतको झल्को दिन्छ। सम्झना भन्डारीको प्रस्तुति रहेको उक्त गीतको शब्द अनि संगीत सृजना शिरिषले नै गरेका हुन् । अडियो एकदमै मौलिक छ। सम्झना र शिरिषको गायिकी गीतमा अब्बल सुनिएको छ।
गीतको अडियो जति उत्कृष्ट छ, भिडियो पनि त्यतिकै आकर्षक बनेको छ। गीतको भाव अनुसार भिडियो निर्माण गरिएको छ। भिडियोमा गायक तथा कलाकार प्रकाश सपूत र लोकप्रिय मोडल गीता ढुंगानाको आकर्षक नृत्य देख्न सकिन्छ।
भिडियोको सेट डिजाइन पनि आकर्षक नै छ। हेर्ने जतिको ध्यान भिडियोले केन्द्रित गर्ने गर्छ। भिडियोको परिकल्पना तथा निर्देशन मौसम हिमालीले गरेका हुन् । बिपी फिल्म्स नेपालमा पोस्ट प्रोडक्सन गरिएको भिडियोलाई आकर्षक फ्रेममा अजय रेग्मीले खिचेका हुन् । भिडियोको सम्पाद्स्न एवम् कलर प्रविन भट्टले गरेका हुन् । भिडियो सन्झना भण्डारीको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो..