काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा आफ्नो फरक पहिचान बनाउन गायक तथा सर्जक हुन् प्रेम सापकोटा सोनु। प्रवासमै रहेर पनि विशेषगरी नेपाली मौलिक लोक तथा दोहोरी गीतहरू सृजना अनि गाउदै आएका उनका सयौं गीतहरू बजारमा छन् ।
विगत आधा दशक बढीदेखि जापानमा बस्दै आएका सोनुका जाले रुमाल, बरमाला, जहाजमै चढेर लगायतका दर्जनौं बढी गीतहरू दर्शक स्रोतामाझ लोकप्रिय छन् । प्रायः आफ्ना गीतहरुमा मौलिकपन समाबेश गर्न रुचाउन उनी। यसैबीच, मौलिकपनले भरिएको नयाँ गीत उनले रिलिज गरेका छन् ।
शुक्रबार “हुक्का” बोलको नयाँ गीत उनले “प्रेम सापकोटा सोनु” नामक आफ्नै अफिसियल युटुब च्यानलबाट रिलिज गरेका हुन् । गीतमा प्रेम सापकोटा सोनुसंगै लोकप्रिय गायिका टीका सानुको सुमधुर आवाज रहेको छ्। गीतमा संगीत अनि शब्द सृजना प्रेमले नै गरेका छन् । सुन्दा गीत मेलोडियस लाग्ने गर्छ।
डान्सिङ प्याटर्नमा आधारित गीतको भिडियो पनि आकर्षक बनाइएको छ। गीतको भाव अनुसार भिडियो रहेको छ। गीतले दोहोरी साँझको कथा बोलेको कारणले दोहोरी साँझमा नै भिडियो खिचिएको छ। भिडियोमा टीका सानू, छत्र शाही, बाबु कृष्ण परियार, अस्मिता पुरी, बबिन ठकुरी, धनमाया नेपाली लगायतका कलाकारहरुलाई देख्न सकिन्छ।
भिडियोको परिकल्पना एवम् निर्देशन स्मृति तिमिल्सिना गुरुआमाले गरेकी हुन् । आकर्षक फ्रेममा सुरेश श्रेष्ठले भिडियो खिचेका हुन् ।भने, सम्पादन अनि कलर गर्ने काम प्रकाश धमलाले गरेका छन् । हेर्नुस् भिडियो…