काठमाडौं : लोकप्रिय गायिका मेलिना राइको आवाज रहेको नयाँ गीत रिलिज भएको छ। केही दिन अघि रिलिज भएको “कोही छ ?” बोलको गीतमा मेलिनाका अलवा विकास उप्रेतीको दमदार आवाज रहेको छ।
डान्सिङ प्याटर्नमा आधारित गीतमा राजनराज शिवाकोटीले गजबको संगीत दिएका छन् । भने डाक्टर राजबाबु श्रेष्ठले गीतका शब्द कोरेका हुन् । गीतका एरेन्जर उदयराज पौडेल हुन् ।
गीतको अडियो जति दमदार सुनिन्छ,भिडियो झन उत्कृष्ट अनि आकर्षक बनेको छ। भिडियोमा कलाकार सागर थापा ‘धुर्व’ र कृष्टिना थापा फिचर्ड छन् । भिडियोको कोरियोग्राफी र निर्देशन मौसम हिमालीले गरेका हुन् ।
सागर र कृष्टिनाको धमाकेदार नृत्य भिडियोमा देख्न सकिन्छ। उसो त मेलोडियस म्युजिक भिडियोमा देखिँदै आएका सागर यस् भिडियोमा राम्रो नृत्य गरेका छन् । थियटर आर्टिस्ट समेत रहेका सागर अभिनयमा अब्बल छन् ।
भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । भने प्रबिन भट्टले भिडियोको सम्पादन एवम् कलरिङ गरेका छन् । विपी फिल्म्स नेपाल मार्फत पोस्ट प्रोडक्सन गरिएको भिडियोको सहायक सम्पादकको रुपमा उत्तम कुमार कार्की रहेका छन् । भिडियो जेके कृयसनको अफिसियल युटुव च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो..