काठमाडौं : प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा निरन्तरता दिइरहेका सर्जक तथा गायक हुन् खेम पुन। हाल अमेरिकामा बस्दै आएका सर्जक पुन संख्यात्मक भन्दा पनि गुणात्मक सृजनामा बढी ध्यान दिने गर्छन् ।
विशेषगरी मौलिक लोक संगीत क्षेत्रमा झुकाब राख्ने उनका गीतहरू प्रायः मौलिक नै हुनेगर्छन। संगीत सृजना गर्न सिपालु उनले कहिलेकाहिँ गाउने पनि गर्छन् । यसैबीच, उनकै सृजना अनि आवाजमा रहेको नयाँ गीत रिलिज भएको छ।
सोमबार रिलिज “जाली रैछौ निरमाया” बोलको गीतमा उनकै संगीत सृजना अनि सुमधुर आवाज सुन्न सकिन्छ। गायनमा खेमलाई गायिका जुना श्रीष मगरले साथ दिएकी छिन् । गीतमा प्रकाश गिरीका मर्मस्पर्शी शब्दहरु रहेका छन् । गीत एकदम मन छुने अनि मेलोडियस बनेको छ। यो गीत सुन्दा संगीत सृजनासंगै गायनमा पनि खेम अब्बल रहेको आभाष हुनेगर्छ ।
गीतको अडियो सुन्दा जति मन छुन्छ,भिडियोले पनि त्यतिकै मन छुने गर्छ। गीतको भाव अनुसार भिडियो निर्माण गरिएको छ। भिडियोमा कलाकार विनोद भण्डारी र अन्जली अधिकारी फिचर्ड छन् । प्रेम वियोगको पिडालाई भिडियोमा कलात्मक तरिकाले देखाइएको छ। भिडियोको परिकल्पना तथा निर्देशन विनोद भण्डारीले नै गरेका हुन् ।
विनोद र अन्जलीले भिडियोमा जीवन्त अभिनय गरेका छन् । उनीहरुको अभिनयले हेर्ने जोकोही दर्शकको मन भावुक बनाउने गर्छ। करण चौसिरले आकर्षक फ्रेममा खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन एवम् कलरिङ गरेका हुन् ।
गीतको अडियो तथा भिडियो सर्जक खेम पुनकै अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। खेमले यसै गीत मार्फत युटुब च्यानल पनि सुरु गरेका छन् । गीतको युटुब भ्युज अनि व्यवसायिक भन्दा पनि सन्तुष्टिका लागि यो गीत बजारमा ल्याएको खेम बताउँछन् । हेर्नुस् भिडियो..