नेपालगन्ज : सिनेमा हलहरु खुलेको हप्तौं वितिसक्दा पनि हलमा दर्शकको उपस्थिति शून्य छ। नयाँ चलचित्रको अभावका कारण हल वालाहरुले घाटा सहिरहेका छन् । दर्शक पनि नयाँ चलचित्रकै पर्खाइमा छन् ।
तर नेपाली वा हलिउड कुनै पनि चलचित्र प्रदर्शन नभईरहेको समयमा डिसेम्बर १८ मा हलिउड चलचित्र “मंस्टर हन्टर” प्रदर्शन भएको थियो। वर्ल्डवाइड फेनोमेनामा आधारित उक्त चलचित्र नेपालगन्जको क्यूएफएक्स बागेश्वरीमा पनि भोलि शुक्रबारबाट प्रदर्शन गरिने क्यूएफएक्स बागेश्वरीका प्रबन्धक सन्जीव शाक्यले फिल्मीपत्रलाई जानकारी दिए।
नयाँ चलचित्रको पर्खाइमा रहेका दर्शकको ध्यान केही हदसम्म भएपनि यस् चलचित्रले खिच्ने अनुमान गरिएको पनि प्रबन्धक शाक्यले बताए। हलसम्म आएर पनि नयाँ चलचित्र नहुँदा धेरै दर्शक फर्किने समेत गरेका छन् । हेर्नुस् ट्रेलर..