
नेपालगन्ज : विगत ९ महिनादेखि बन्द रहेको नेपालगन्जको बागेश्वरी क्युएफएक्स आज शुक्रबारबाट खुलेको छ। कोरोना भाइरस अनि त्यसपछि भएको लकडाउनका कारण बन्द रहेको हल सुरक्षाका सावधानी अपनाउँदै आजबाट सन्चालन गरिएको बागेश्वरी क्युएफक्स नेपालगन्जका प्रबन्धक सन्जीव शाक्यले फिल्मी पत्रलाई जानकारी दिए।
प्रबन्धक शाक्यका अनुसार आज पहिलो दिन दुई शो लाग्यो। सुरुको दिन पुरानै २ चलचित्र आमा र सेन्टिभाइरस प्रदर्शन गरियो। पहिलो १२ बजेको शोमा धुर्मुस सुन्तलीको सेन्टिभाइरस र दोस्रो शो दिउँसो ३ बजेदेखि आमा लागेको बताइएको छ।

पहिलो दिन आज थोरै दर्शकको उपस्थिति भएपनि भोलि आजको तुलनामा बढी दर्शकको अपेक्षा गरिएको क्युएफएक्स टिमले जनाएको छ। टिमका अनुसार भौतिक दुरी, मास्क र सेनिटाइजरको अनिवार्य गरेर आज पहिलो दिनको सुरुवात गरिएको थियो।

