काठमाडौं : हरेक व्यक्तिको बालापन रमाइलो नै हुनेगर्छ । प्रायको बालापन यादगारनै रहेको पाइन्छ। तर काठमाडौंको व्यस्त रत्नपार्कमा गीत गाउने ५ वर्षीय बालक बसन्त लामाको बालापन भने पिडादायी छ। घरमै बसेर खेल्ने, पढ्ने र रमाउने यो उमेरमा उनी बिहानदेखि बेलुका सम्म गीत गाउँदै हिड्ने गर्छन् ।
उनको यस्तो दयनीय अवस्था देखेर सन्चारकर्मी तथा समाजसेवी शिशिर भण्डारीले केही सहयोग गरेका छन् । भण्डारीले बसन्तको आवाजमा गीत रेकर्ड गराउनुका साथै केही आर्थिक सहयोग पनि गरेका हुन् । बसन्तको आवाजमा रहेको “सत्यरामराम” बोलको गीत केही दिन अघि रिलिज भएको हो।
जुन गीत यतिबेला चर्चामा छ। गीतमा बसन्तका अलवा उनका दृष्टिबिहिन बुवा बुद्ध लामा, आमा युनिका लामा, गायिका रचना रिमाल र कुमार अभिको आवाज रहेको छ।गीत एकदम मन छुने बनेको छ। गीतमा शिशिर भण्डारीकै शब्द संगीत रहेको छ। गीतका प्रत्येक शब्दहरू मर्मस्पर्शी छन् ।
गीतले जति मन छुन्छ, भिडियोले पनि त्यतिनै मन छुन्छ। भिडियोमा बसन्तकै पारिवारिक कथालाई देखाइएको छ। शिशिर भण्डारी र अलिशा बास्तोला भिडियोमा फिचर्ड छन् । शिशिर र अलिशाले भिडियोमा जीवन्त अभिनय गरेका छन् ।
भिडियोको परिकल्पना शिशिरलेनै गरेका हुन् । सन्तोष राजबहाकले भिडियोको निर्देशन गरेका हुन् । उत्सव दाहालले आकर्षक फ्रेममा खिचेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन् । गीतलाई छोटो समयम राम्रो भ्युज युटुबमा मिलेको छ। नयाँ नयाँ न्युज नेपालको अफिसियल युटुब च्यानलबाट गीत रिलिज गरिएको हो। हेर्नुस् भिडियो…