काठमाडौं : डिजिटल मिडियाको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाई स्थापित हुन सफल अनलाइन मिडिया हो सिनेपाटी टिभी। विशेषगरी मनोरञ्जन सम्बन्धि सहि सुचना सम्प्रेषण गर्ने सिनेपाटीले अनलाइन न्युज पोर्टल र युटुब दुवै माध्यमबाट पाठक तथा दर्शकको मन छोटो समयमा जित्न सफल भएको छ।
चलचित्र र गीत संगीत संग सम्बन्धित कलाकारहरुको अन्तर्वार्ता , गतिविधि एवम् जानकारीहरु प्रदान गर्दै आइरहेको सिनेपाटीले युटुबमा राम्रो दर्शक कमाएको छ। यसैबीच, हाल ८ लाख बढी सब्स्क्राइब कमाइसकेको सिनेपाटीले एउटा फरक शो सुरुवात गरेको छ।
सिनेपाटीले बुधबारदेखि “गन्तव्य” नामक ट्राभल शो सुरु गरेको हो। जुन डिजिटल इन्टरटेन्मेन्ट मिडियामा पहिलोपटक सुरु गरिएको हो। नेपालका महत्त्वपूर्ण अनि लोकप्रिय पर्यटकीय स्थलहरुमा पुगेर त्यहाँको बारेमा दर्शकहरुलाई जानकारी दिने उद्देश्यले ट्राभल शोको सुरु गरिएको सिनेपाटी टिमले जनाएको छ।
जस अन्तर्गत उक्त शोको पहिलो एपिसोड सिनेपाटीको युटुबमा अपलोड गरिएको छ। ‘गन्तव्य’को पहिलो एपिसोडमा नेपालको कुश्मामा रहेको एसियाकै सबैभन्दा अग्लो बन्जी स्थललाई देखाइएको छ। पहिलो एपिसोडलाई निकै आकर्षक फ्रेममा खिचिएको छ।
ड्रोनबाट लिइएको आकर्षक दृश्यले पक्कै पनि दर्शकको मन लोभ्याउँने गर्छ। यो शो हेर्दा त्यहीँ स्थानमा आफू रहेको आभाष हुनेगर्छ। पहिलो एपिसोडलाई दर्शक रुचाएका पनि छन् । दर्शकको राम्रो प्रतिक्रिया पहिलो एपिसोडले पाएको छ।
पहिलो एपिसोडमा कलाकार रियाशा दाहाल, सिनेपाटी टिभीकी वर्षा बस्नेत र स्नेहा ढकाल होस्टको रुपमा रहेका छन् । हेर्दा निकै खर्चिलो देखिने ‘गन्तव्य’का निर्देशक आकाश खड्का हुन् । सागर लामिछाने र विकाश सिटौला शोको सिनेम्याटोग्राफरको रुपमा रहेका छन् ।
खर्चिलो भएतापनि केही फरक गर्ने उद्देश्यले यो शोको सुरुवात गरिएको टिमले जनाएको छ। कलाकारको साथमा गरिने यात्राका रमाइला क्षण र पर्यटकिय स्थलहरुको बारेमा जानकारी दिइने यो शोलाई लिएर अधिकांशले सहि सुरुवात गरेको प्रतिक्रिया दिएका छन् । हेर्नुस् पहिलो एपिसोड..