काठमाडौं : अविगम्यान फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘गणपति’मा कलाकार मेनुका प्रधान र मुकुन दाहाल एकसाथ काम गर्नेभएका छन् । चलचित्रका लागि मेनुका र मुकुनले निर्माण टिमसंग सम्झौता गरिसकेको बताइएको छ।
सामाजिक कथा वस्तुमा निर्माण हुने चलचित्रलाई सबिन अधिकारीले निर्देशन गर्दैछन् । चलचित्रमा मुकुन र मेनुकाका अलवा सूर्यमाला शर्मा, राजाराम पौडेल, लक्ष्मी गिरी, कालु राना, प्रकाश घिमिरे, देवेन्द्र बब्लू, श्रीदेव विएल लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।
चलचित्रमा अरबिन्द्र गिरी, लक्ष्मण थापा र विज्ञान केसीको लगानी रहने पनि निर्माण टिमले जनाएको छ। निर्माण टिमले भोलि बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच औपचारिक जानकारी दिने पनि बताइएको छ। चलचित्रलाई लिएर मेनुका र मुकुन उत्साहित छन् ।
विश्वव्यापी फैलिएको कोरोना भाइरस अनि लकडकाउनका कारण करिब ९ महिनादेखि ठप्प चलचित्र क्षेत्र चलयामान हुनेभएपछि चलचित्रकर्मीहरु उत्साहित समेत भएका छन् । उसो त फिल्म हल पौष १० गतेदेखि सन्चालन गर्ने चलचित्र निर्माता संघले स्वघोषणा समेत गरेको छ। तर नयाँ चलचित्र हलसंग नभएका कारण हलहरु भने त्यति चलायमान हुन सकेका छैनन् ।