![](https://filmypatra.com/wp-content/uploads/2020/12/PicsArt_12-26-02.45.37-2-scaled.jpg)
काठमाडौं : लोकप्रिय गायक सज्जन धामीको नयाँ गीत बजारमा आएको छ। प्रायः मेलोडियस गीत गाउन रुचाउने सज्जनको “रानी बनैमा” बोलको गीत केही दिन अघि ‘हाम्रो कृयटिभ क्रियसन’ नामक युटुब च्यानलबाट रिलिज भएको हो।
गीतमा सज्जन र भावना शाहीको सुमधुर आवाज रहेको छ। गीतको शब्द संगीत सज्जनले नै तयार पारेका हुन् । उनका अन्य गीत जस्तै यो गीत पनि एकदम मेलोडियस छ। डान्सिङ प्याटर्नका गीतहरू मात्रै आइरहेको समयमा सज्जनको यस् मेलोडियस गीतले दर्शक स्रोतालाई फरकपनको आभाष दिलाउँछ।
गीतको अडियोसंगै भिडियो पनि आकर्षक बनेको छ। भिडियोमा आयुष्मा कार्की र सौगात मिश्र फिचर्ड छन् । माया प्रेममा आधारित कथालाई भिडियोमा देखाइएको छ। सौगात र आयुष्माको केमिस्ट्री पनि भिडियोमा गजब देखिएको छ।
भिडियोलाई ठकुल्लाले निर्देशन गरेका हुन् । तिलचन आचार्य र पबित्रा आचार्य भिडियोका लगानीकर्ता हुन् । नरेश अएरले खिचेको भिडियोलाई रोशन धितालले सम्पादन गरेका हुन् । हेर्नुस् भिडियो..