
काठमाडौं : पछिल्लो समय उच्च गुणस्तरीय म्युजिक भिडियोहरु बन्ने क्रम बढ्दो छ। गीत संगीत सुन्नेसंगै हेर्ने दर्शकहरुको बाहुल्यता बढेपछि निर्माताहरुले पनि भिडियोको गुणस्तरमा ध्यान दिन थालेका छन् ।

कतिपय भिडियोहरु गुणस्तरीय हुँदाहुँदै पनि अडियो कमजोर भएका कारण निर्माताले सोचेअनुरुप नचलेको पाइन्छ। तर अडियोसंगै भिडियो पनि सशक्त बनाउनु पर्छ भन्ने धारणा बोकेका सर्जक हुन् रोशन सिंह। मेलोडियस गीत संगीत सृजना गर्न रुचाउने उनी युवा पुस्ताका लोकप्रिय सर्जकको रुपमा चिनिन्छन। उनले सृजना गरेका “ए झरी, पिपल छेउमा वर, जिन्दगी खास छ” लगायत दर्जनौं बढी गीतहरु दर्शक स्रोतामाझ अत्याधिक लोकप्रिय छन् ।
यसैबीच, रोशनकै सृजनामा रहेको नयाँ मेलोडियस गीत रिलिज भएको छ। शुक्रबार रिलिज “साह्रै दिल बस्यो” बोलको गीतमा रोशनकै संगीत अनि आवाज रहेको छ। गायनमा रोशनलाई जिना रसाइली। रामकान्त न्यौपानेले गीतका शब्द लेखेका हुन् । उसो त गायन भन्दा बढी सृजनामा सक्रिय रोशनको आवाजको पनि प्रशंसा हुने गर्छ। यस् गीतमा पनि जिना र रोशनको गायिकि अब्बल छ। दुबैजनाको आवाजमा गीत मिठासयुक्त सुनिएको छ। गीतमा सुपिद सागरको अरेन्ज रहेको छ।
एउटा चोखो प्रेम सम्बन्धमा रहेको जोडीको प्रेमिल कथालाई गीतमा उतारिएको छ। गीतको अडियो जति उत्कृष्ट छ, भिडियो झन आकर्षक अनि अब्बल बनेको छ। माया, प्रेम, द्वन्द अनि त्यागलाई भिडियोमा देखाइएको छ। भिडियोमा कलाकार अरनवि ढुंगाना, रोशन सिंह र रमेश अधिकारी फिचर्ड छन् । भिडियोमा धनाड्य परिवारकी छोरीको भुमिकामा अरनबी रहेकी छिन् ।भने, अरनबीको घरमा काम गर्ने कामदारको भुमिकामा रोशनलाई देख्न सकिन्छ।
रोशन र अरनबीको केमिस्ट्री भिडियोमा गजब देखिएको छ। सृजनामा मात्रै नभएर अभिनयमा पनि रोशन अब्बल छन् भन्ने यही भिडियोबाट स्पष्ट हुने गर्छ। भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् । बिक्रमले कलात्मक तरिकाले भिडियोमा रोशन र अरनबीलाई स्क्रिन प्ले गराएका छन् । भिडियोमा समाबेश लोकेसन हेर्दा भिडियो महंगो बजेटमा निर्माण भएको हुनसक्ने अनुमान लगाउन सकिन्छ।
प्रकाश खड्काले आकर्षक फ्रेममा खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन, भिएफएक्स एवम् कलरिङ गरेका हुन् । भिडियो नमस्ते प्लसको युटुब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो..