काठमाडौं : आफ्नो पृथक गायिकी सहित नेपाली सांगीतिक क्षेत्रमा चिनिएका गायक हुन् रबि कार्की। विगत एक दशक बढी समयदेखि लोकदोहोरी क्षेत्रमा होमिएका उनी मौलिकता झल्किने पृथक गीत गाउन रुचाउँछन् ।
संख्यात्मक भन्दा पनि गुणात्मकमा ध्यान दिने उनले केही वर्ष अघि मात्रै बजारमा ल्याएको गीत थियो ‘जाम सुस्तै सुस्तै’ बोलको गीत। जुन गीतलाई दर्शक स्रोताले अत्याधिक रुचाएका थिए। यो गीत गाइसकेपछि रबीको आवाजमा कुनै गीत बजारमा आएनन् । अन्ततः उक्त गीत रिलिज भएको करिब १ वर्षपछि एउटा नयाँ गीत उनले बजारमा ल्याएका छन् ।
केही हप्ता अघि बजारमा रिलिज भएको ‘माया के रैछ’ बोलको गीतमा रबिकै सुमधुर आवाज सुन्न सकिन्छ। गीतमा लोकप्रिय गायिका देवी घर्तीले रविलाई गायनमा साथ दिएकी छिन् । प्रेम वियोगको पिडामा आधारित उक्त गीतमा प्रबिन खत्री ठुलेको शब्द रहेको छ।भने संगीत रवि आफैले दिएका छन् ।
वियोगान्त मेलोडिमा रहेको उक्त गीतले अत्यन्तै मन छुन्छ। गीतमा रवि र देवी घर्तीको गायिकी मिठासयुक्त छ। गीतका शब्द पनि त्यतिकै मर्मस्पर्शी छन् । सुन्ने जोकोही मन गीतले सजिकै जित्ने गर्छ।
रबि कार्कीको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको गीतको भ्युज औसत भएपनि दर्शक स्रोताको तारिफ भने चौतर्फी मिलेको छ।
“मन छुने गीत, आहा ! गीत भनेको यस्तो पो हुनुपर्छ , गीतको शब्दले मन छोयो, रबि कार्कीको आवाज संगै अभिनय पनि मन पर्यो, ठ्याक्कै मेरै जीवनमा मेल खाने गीत रहेछ, गीतले भावुक बनायो, अति मीठो गीत, गीतलाई सफलताको कामना” यस्तै यस्तै सयौं सकारात्मक कमेन्ट यो गीतलाई युटुबमा मिलेको छ। नयाँ च्यानलबाट गीत अपलोड गरिएतापनि १ हप्ताको दौरानमा यस् गीतलाई २ लाख बढी भ्युज, ४ हजार बढी लाइक संगै सयौं कमेन्ट प्राप्त भएको छ।
युटुबमा मात्र नभएर गीतलाई टिकटकमा पनि अत्याधिक तारिफसहित रुचाइएको छ। यो गीतको साउन्डमा हजारौं टिकटक भिडियो पनि बनेका छन् ।
सधैजसो गायन अनि सृजनामा मात्रै सिमित रहने रवि यो गीतको भिडियो मार्फत भने अभिनयमा पनि देखिएका छन् । गीतको अडियो जति मनछुने छ, भिडियो पनि त्यतिकै मन छुने रहेको छ। भिडियोमा रबिका अलवा कलाकार जुना गुरुङ , गंगा कंडेल लगायतका कलाकारहरुलाई पनि देख्न सकिन्छ।
आफुले माया गरेको मान्छेलाई नपाउँदा, त्यही मायाले सदैव पीडा दिएको कथालाई भिडियोमा देखाइएको छ। जुन कथालाई रबि र जुनाले आफ्नो अब्बल अभिनय मार्फत प्रस्तुत गरेका छन् । अभिनयमा पनि रवि अब्बल रहेछन् भन्ने कुरा यो भिडियो मार्फत स्पष्ट हुने गर्छ।
भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी हुन् । गणेश सापकोटाले आकर्षक फ्रेममा खिचेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् । भिडियो..