
काठमाडौँ : अभिनेत्री श्वेता खड्का आफ्नो दोस्रो विवाहको मेहेन्दी सेरेमोनीमा श्रीमान बिजयन्द्र सिंह रावत संग निकै रोमान्टिक देखिएकी छिन्। उनी आफ्नो हुनेवाला श्रीमानसंँग निकै रोमान्टिक देखिएकाले पनि उनिहरुको प्रेम गहिरो रहेको आँकलन गर्न गाह्रो पर्दैन।
श्वेता र बिजयन्द्रले आज गोकर्ण फरेस्ट रिसोर्टमा कडा सुरक्षाका साथ विवाह गरिरहेका छन्। विवाहमा मिडियालाई बन्देज छ भने नजिकका साथिभाई र परिवार उपस्थित हुनेछन्।
बुझिएअनुसार केही समयदेखी बिजयन्द्र र श्वेता प्रेममा थिए। तर उनिहरु प्रेममा रहेको हल्ला भने दशै देखि चलिरहेको थियो। आफुहरु प्रेममा रहेको कुरा बाहिर आएपछी मिडियासंग निकै रिसाएकी श्वेताले विवाह नै गरेर देखाइदिने भएकी छिन्।
श्वेताको मेहेन्दी सेरेमोनीको तस्बिर हेर्नुस :-




