नायिका नन्दिता केसीले किर्तिपुरमा रहेको बेबी लाइफ होम र टोखाको पवित्रा समाज सेवा नेपाललाई सहयोग गरेकी छिन् । नन्दिताले बिहिबार किर्तिपुर र टोखामा पुगेर खाद्यन्न सहित केही आर्थिक रकम समेत सहयोग गरेकी हुन् ।
विनोद गुरुङ, बुद्ध भट्टराई, प्रिन्स पुलामीको नेतृत्व भएको यो सहयोग कार्यमा अमेरिकामा रहेका रविन भट्टराई, मनोज पौडेल, सागर ढकाल, किशोर पुलामी, भरत मगर, सृजना पौडेल, कविता पौडेल, सुनिशा क्षेत्री, मञ्जु क्षेत्री, अञ्जु क्षेत्री, जश्ना क्षेत्री, सिता क्षेत्री संलग्न छन् । यस्तै ड्रिमर्स ग्रुप डुयल डान्स पनि यो सहयोग जोडिएको छ ।
नन्दिताले यसअघि पनि लकडाउनमा परेका चलचित्र प्राविधिक तथा केही व्यक्तिलाई सहयोग गरेकी थिइन् । अमेरिका बस्दै आइरहेकी नायिका केसी तिहार अगाडी नेपाल आएकी छिन् ।