केहि अभिनेत्रीहरु फिल्म निर्माणमा पनि सक्रिय छन्। तिनै निर्मात्री बनेका अभिनेत्रीहरु मध्येमा पर्छिन् केकी अधिकारी। केकिले आफ्नै लगानीमा ‘कोहलपुर एक्सप्रेस’ बनाएकी थिईन्। ‘कोहलपुर एक्सप्रेस’ केकिले निर्माण गरेको पहिलो फिल्म हो।
‘कोहलपुर एक्सप्रेस’ सफल नभए पनि केकिले अर्को फिल्म निर्माण गर्ने आट गरेकी छन्। केकिले ‘बोक्सीको घर’ नामक एक फिल्म निर्माण गर्न लागेकी छन्।
वि.सं २०७३ सालको साउन र भदौमा मण्डला थिएटरमा मञ्चन भएको नाटक हो ‘बोक्सीको घर’। केकीले सोहि फिल्मलाई फिल्ममा उतार्न लागेकी हुन्। यो नाटकको लेखन तथा निर्देशन सुलक्षण भारतीले गरेकी हुन्। नाटकमा सरिता गिरीले एकल अभिनय गरेकी थिइन्।
सुब्रत राज अधिकारी र सुलक्षणको संयुक्त निर्देशनमा तयार हुने फिल्ममा केकीको मुख्य भूमिका रहनेछ। केकी संगै अभिनेता गौरभ पहाडी पनि फाइनल भएको जानकारी छ।