
नेपालगन्ज : केही महिना अघि अर्थात् लकडाउनकै समयमा बजारमा आएको लोकप्रिय गीत हो ओए काजल। बजारमा आएको छोटो समयमै दर्शक स्रोताले अत्याधिक रुचाए।
युटुबकै कुरा गर्नुपर्दा यो रिपोर्ट तयार पार्दासम्म १ करोड ५० लाख बढी भ्युज यस गीतलाई मिलेको छ। प्रतिक्रिया पनि एकदम राम्रो राम्रो मिलेको छ। चक्र बमले शब्द,संगीत अनि आवाज दिएको उक्त गीतका एरेन्जर थिए केशव बडु। उनै एरेन्जर बडुले यसै गीतको स्लो भर्जन बजारमा ल्याएका छन् ।
फास्ट गीतलाई दर्शक स्रोताले अत्याधिक रुचाएपछि म्युजिक एरेन्जर बडुले मेलोडियस आवाज भरेर स्लो भर्जन बजारमा ल्याएका हुन् । म्युजिकलाई रि-एरेन्ज गरेर आफ्नो मेलोडियस आवाज बडुले स्लो भर्जनमा दिएका छन् । गीतको मिठास उत्कृष्ट छ। स्लो भर्जनमा उनको गायिकी पनि उत्कृष्ट छ।
स्लो भर्जनको अडियोसंगै भिडियो पनि उत्कृष्ट अनि आकर्षक बनेको छ। भिडियोमा केशब आफै फिचर्ड छन् । उनका साथै, उनकी धर्मपत्नी श्रेया बडु र छोरी रिहानिका बडु पनि फिचर्ड छन् । चक्र बम र गीत ढुंगानालाई पनि भिडियोमा देख्न सकिन्छ ।
आफ्नो जीवन संगीनी गुमाउनु पर्दाको पीडा भिडियोमा देखाइएको छ। गायन, एरेन्जमा मात्रै नभएर अभिनयमा पनि केशव अब्बल रहेछन् भन्ने कुरा भिडियोबाट प्रष्ट हुन्छ । श्रेया र केशबको केमिस्ट्री भिडियोमा गज्जब देखिएको छ।
भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् । प्रकाश खड्काले आकर्षक फ्रेममा खिचेको भिडियोलाई मिलन बिश्वकर्माले सम्पादन गरेका हुन् । भिडियो चक्र बमकै अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो..