नेपालगन्ज : बाँकेको खजुरामा “३ दिने लोक नृत्य कार्यशाला” सुरु भएको छ। सगरमाथा डान्स एण्ड इन्टरटेन्मेन्टको आयोजनामा आजबाट २२ गतेसम्म सन्चालन हुने उक्त कार्यशाला सुरु भएको हो।
कार्यशालाको पहिलो दिन आज खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतीले क्यान्डिल बालेर उद्घाटन गरेका हुन् । लोक नृत्यको संरक्षण अनि प्रबर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको कार्यशालाको उद्घाटन दिन विशिष्ट अतिथिको रुपमा लोक नृत्य अनुसन्धानकर्ता रोचक थापा रहेका थिए।
त्यस्तै, बरिस्ठ कलाकार सुन्दर गुरुङ, बरिस्ठ लोक गायक तथा संचारकर्मी कमल बिक निर्मोही लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो। कोरोना महामारीका बीच सुरक्षाका उपायहरु अपनाई साबधानीका साथ कार्यशाला सुरु गरिने संयोजक दिलु सुनारले जानकारी दिए।
कार्यशालामा लोक नृत्यको प्रशिक्षण चाहिँ लोक नृत्य अनुसन्धानकर्ता समेत रहेका रोचक थापाले दिने छन् । आयोजक टिमला अनुसार १७ जनाले प्रशिक्षण लिने छन् ।