
काठमाडौं। ब्राण्डरुट ईन्टरटेनमेन्टको आयोजनामा राष्ट्रिय म्युजिक अवार्ड -२०७७ को आयोजना हुनेभएको छ।
देशब्यापि विभिन्न मेला महाेत्सव ,साङ्गीतिक कार्यक्रम लगायत थुप्रै कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न सफल ब्राण्डरुट ईन्टरटेन्मेन्टले राष्ट्रिय म्युजिक अवार्ड गर्ने घाेषणा गरेकाे साे का प्रबन्ध निर्देशक सुनिल बिसीले जानकारी दिएका छन् ।
अवार्डकाे मिति घाेषणा छिट्टै गर्ने र आफु आन्तरिक तयारीमा आफु र आफ्नाे पुरै टिम लागेकाे समेत उनले जनाएका छन् ।