
नेपालगन्ज : पछिल्लो समय रिलिज पुर्व नै दर्शक स्रोताको अत्याधिक प्रतिक्षामा रहेको ‘बहिनी’ गीतको भिडियोको लागि कलाकार समीक्षा पोखरेल अनुबन्धित भएकी छिन् ।
एसथ्रीके इन्टरटेन्मेन्टको प्रस्तुतिमा केही दिन पश्चात् रिलिज हुने तयारीमा रहेको ‘बहिनी’ गीतको भिडियोमा समीक्षाको इन्ट्री भएको हो। यद्यपि, समिक्षाको रोलको बारेमा भने निर्माण टिमले खुलाएको छैन ।
सर्जक सतिस अधिकारीको शब्द अनि हेमन्त कान्छा रसाइलीको स्वर र संगीत रहने गीतको भिडियोको लागि यस भन्दा अघि अहिलेका निकै रुचाइएका कलाकार चिरञ्जीवी सापकोटा (जिबी चिरन) र मोडल सुजल बम अनुबन्धित भइसकेका छन् ।
भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् । सुटिङ कार्य सकिएर एडिटिङको काम भइरहेको र गीतको भिडियो एसथ्रीके इन्टरटेन्मेन्टको अफिसियल युटुब च्यानलबाट रिलिज गरिने बताइएको छ।