नेपालगन्ज : पछिल्लो समयमा लोकप्रिय संगीतकार अनि गायक राजेन्द्र भट्ट(मिस्टर आर्जे)को आवाज रहेको नयाँ गीत रिलिज भएको छ।
मंगलबार रिलिज भएको ‘नरिसाउन होइ’ बोलको गीतमा राजेन्द्रका अलवा इश्वरी बरालको पनि सुमधुर आवाज रहेको छ। गीतमा पछिल्लो समय रुचाइएका गीतकार सुरज गैह्रे विवशको शब्द रहेको छ। राजेन्द्रको नै गीतमा मेलोडिस संगीत दिएका छन् ।
डान्सिङ अनि मेलोडियस बिटमा रहेको गीतको अडियोले सुन्ने जोकोहीको मन केन्द्रित गर्नेगर्छ। प्रेम सम्बन्धमा रहेकि प्रेमिका रिसाउँदा, फकाउनको लागि प्रेमिले गर्ने अनेक हर्कतलाई कलात्मक तरिकाले सुरजले शब्द मार्फत गीतमा उतारेका छन् । राजेन्द्र र इश्वरीको गायिकी पनि गीतमा उत्कृष्ट एवम् अब्बल छ।
गीतको अडियोसंगै भिडियो पनि एकदम आकर्षक अनि उत्कृष्ट बनेको छ। भिडियोमा नायक पल शाह, नायिका वर्षा शिवाकोटी, डान्सर सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय एवम् डान्स देख्न सकिन्छ। रुबलाल बस्नेत र देभान्सी आरएल शाह भिडियोमा बाल कलाकारको रुपमा रहेका छन् ।
भिडियोका निर्देशक सान थापा हुन् । राजिव समरले भिडियोको कोरियोग्राफी गरेका छन् । त्यस्तै, अर्जुन तिवारीले भिडियोलाई आकर्षक फ्रेममा खिचेका छन् । भने, सुप्रीम पराजुलीले भिडियो सम्पादन गरेका हुन् । भिडियो 8K MOTION PICTURE को अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो..