नेपालगन्ज : लकडाउनका कारण विगत ६ महिनादेखि बन्दरहेको यातायात सेवा सुरु भएपछि अहिले धेरै व्यापार व्यवसायसंगै संस्थाहरु पनि सुचारु भएका छन् ।
यसैबीच, उज्यालो अभियान मिडिया प्रालिद्वारा संचालित नेपालगन्जको रेकर्डिङ स्टुडियो “उज्यालो डिजिटल रेकर्डिङ स्टुडियो”ले पनि आजबाट गीत संगीत रेकर्डिङ कार्य सुरु गरेको छ। लकडाउनपछिको पहिलो दिन आज ‘के दिन्छौ मायाको चिनो” बोलको गीत रेकर्ड गरिएको उज्यालो अभियान मिडिया प्रालिका प्रबन्धक बिपिन खड्काले जानकारी दिए।
गीतमा बिपना मगर र मधु कुंवरको आवाज रहेको छ भने राम बराल मगरको लय/शब्द रहेको छ। गीतको अडियो भिडियो अबको केही हप्तापछि रिलिज गरिने पनि प्रवन्धक खड्काले बताए।
विगत ३ वर्षदेखि निरन्तर संचालित स्टुडियो कोरोना अनि लडाउनका कारण स्थगित हुँदा गीत संगीतका धेरै कार्यहरु रोकिएको र प्रत्यक्ष धेरै मार परेको बिपिन बताउँछन् । उसो त लकडाउनको समयमा स्टुडियो व्यबस्थित गरेको र भिडियो निर्माणमा गुणस्तर दिनको लागि आबश्यक सामग्री जोड्ने अवसर मिलेको पनि बिपिनको भनाइ छ।