
नेपालगन्ज : बाबा इन्टरटेन्मेन्टको प्रस्तुतिमा नयाँ मौलिक गीत रिलिज भएको छ। रिलिज भएको ‘परदेशीको कथा’ बोलको गीतमा गोबिन्द चापागाईं र रमा राणा मगरको सुमधुर आवाज रहेको छ।
गीतमा राजु केसीको शब्द अनि निश्चल दवाडीको संगीत रहेको छ। विभिन्न कारणले आफ्नो परिवार अनि देश छोडेर परदेशीने नेपाली युवाहरुको कथालाई गीतमा उतारिएको छ। गीतका प्रत्येक शब्दहरु मर्मस्पर्शी छन् । गोबिन्द र रमाको गायिकी पनि उत्कृष्ट नै छ गीतमा।
गीतको भाव अनुसार भिडियो पनि आकर्षक बनेको छ। भिडियोमा मनोज नेपाली र सपना नेपाली फिचर्ड छन् । उनीहरुको जीवन्त अभिनय भिडियोमा देख्न सकिन्छ। मनोज र सपनाको केमिस्ट्री पनि भिडियोमा जमेको छ।
भिडियोलाई निश्चल दवाडीले निर्देशन गरेका हुन् ।
शिव राजा र अनीश कार्कीले खिचेको भिडियोलाई समीर रामदामले सम्पादन गरेका हुन् । भिडियो बाबा इन्टरटेन्मेन्टको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस् भिडियो…