नेपालगन्ज : संबिधान दिवसका अवसरमा सरकारले लोकप्रिय मेलोडियस गायक कृष्ण काफ्लेलाई पञ्चम जनसेवा श्री पदक दिएको छ
विगत डेढ दशक भन्दा लामो समयसम्म नेपाली सांगीतिक क्षेत्रमा पुर्याएको अतुलनीय योगदानलाई उच्च मुल्यांकन गर्दै कृष्णलाई सम्माननिय राष्ट्रपतिद्वारा पन्चम जनसेवा श्री पदकबाट विभूषित गरिएकोे हो ।
मेलोडियस गीत गाउन खप्पिस कृष्णले सयौं गीतहरुमा आफ्नो सुमधुर आवाज दिइसकेका छन् । त्यस्तै, उनका सयौं गीतहरू दर्शक स्रोताले अत्याधिक रुचाएका पनि छन् । पछिल्लो समय चलचित्र निर्माता र संगीतकारको प्रमुख रोजाइमा पर्दै आएका गायक काफ्ले विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छन् । उनले दर्जनौं चलचित्रका गीत समेत पनि गाइसकेका छन् ।
पर्ख पर्ख मायालु, देखन चम्पा लगायतका दर्जनौं हिट गीत गाइसकेका कृष्ण पछिल्लो समयका व्यस्त गायक पनि हुन् । यसरी, राष्ट्रपतिबाट जनसेवा श्री पदक पाउँदा आफू एकदमै हर्षित अनि अझै सांगीतिक क्षेत्रमा लागिपरिराख्ने हौसला मिलेको कृष्णले फिल्मीपत्रलाई बताए।
कृष्णसंगै, पन्चम जनसेवा श्री पदकबाट समाजसेवी डाक्टर कौशल श्रीवास्तव, समाजसेवी अम्बिका धमला, समाजसेवी ऋषिराम पौडेल, र सन्चारकर्मी कृष्णचन्द्र लामिछाने पनि विभूषित भएका छन् ।